October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जगन्नाथ गाउपालिका निति तथा कार्यक्रम प्रभावकारी प्रस्तुत

  • सेती कर्णाली खबर
  • आइतवार, असार ९, २०८१ 0७:४५
जगन्नाथ गाउपालिका निति तथा कार्यक्रम प्रभावकारी प्रस्तुत

बाजुरा- कृषि शिक्षा स्वास्थ पर्यटन र पुर्वाधार जगन्नाथ गाउँपालिका बिकासको मुल आधार भन्ने मुल नाराका साथ आगामी आर्थिक  वर्ष २०८१/०८२ को बार्षिक निति तथा कार्यक्रम सभाबाट प्रस्तुत गरिएको छ ।

गाउँ सभाका अध्यक्ष कालि बहादुर शाहिले शनिबार गाउँपालिकाको सभा हलमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । उहाँले सभालाई सम्बोधन गर्दै एक घर एक करेसाबारी कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो ।साना सिचाइ योजनालाई प्राथमिकता दिईने बताउनुभयो ।त्यस्तै दलहन बाली तरकारी र फलफुल आँप कागती सुन्तला किबि ओखर स्याउ र केरा खेतीलाई बिशेश प्राथमिकता दिने तथा गाउँपालिका भित्र प्रयोगमा नआएका बाँझो जमिनलाई चाँडै प्रयोगमा ल्याउने बताउनुभयो ।

ब्यबसायिक मौरीपालक किसानहरुलाई प्रबिधी हस्तान्तरण गर्ने जस्ता कामहरुलाई निरन्तरता दिने बताउनुभयो ।कृषकहरुलाई नवीनतम प्रबिधीबाट खेती गर्नका लागि कृषि औजारहरुमा ५० प्रतिशात अनुदान गराई एक वडा एक उत्पादन कार्यक्रम कार्यन्वयनमा ल्याउने उहाँले बताउनुभयो ।जगन्नाथ गाउपालिकाको जुड्डिमा रहेको कोल्ड स्टोरलाई सन्चालनमा ल्याएर किसानको उत्पादनलाई भण्डारण र बजारीकरणका लागि समन्वय गरिने बताउनुभयो ।उत्पादनमुखी सहकारीहरुसंग साझेदारीका कार्यक्रम सन्चालन गरिने बताउनुभयो ।१० सैया अस्पतालका लागि आवश्यक औषधि उपकरण र आवश्यक औसधि  समेत उपलब्ध गराईने उहाँले बताउनुभयो ।

वडा नं १ देखि ६ सम्म आयुर्वेद घुम्ती शिबिर संचालन गर्नुका साथै औसधि र उपकरण खरिदका लागि आवस्यक रकमको ब्यवस्था गरिने बताउनुभयो ।त्यस्तै शिक्षा क्षेत्रमा बिद्यालयमा बिध्यार्थीको बसाईलाई ब्यबस्थापनलाई प्रभाबकारी बनाउन आवस्यकताका आधारमा कार्पेट पि फर्म बितरण गरिनुका साथै आईसिटी ल्याब पुस्तकालय र बिज्ञान प्रयोगशालाको ब्यबस्था गरिनुका साथै सिकाई उपलब्धि वृद्धि गर्न कक्षा १० र ८ मा अध्ययनरत छात्र छात्रालाई गणित, बिज्ञान र अंग्रेजी विषयहरु अध्यापन गर्नका लागि रिमेडियल कक्षा संचालन गरिने उहाँले बताउनुभयो ।

समाजमा परम्परागत देखि मनाउदै आएका धार्मिक तथा साँस्कृतिक चाडपर्वहरु मनाउन आवस्यक बजेटको प्रबन्ध मिलाईने बताउनुभयो ।स्थानिय बाजाको संरक्षण र परम्परागत पोशाकका लागि आवश्यक बजेटको ब्यबस्था गरिने समेत बताउनुभयो ।घरभित्रको धुवालाई कम गर्न सुधारिएको चुलो जडान कार्यलाई अभियानको रुपमा संचालन गरिने बताउनुभयो ।त्यस्तै हरियाली बढाऔं खडेरीबाट मुक्त होऔं कर्मचारी र जनप्रतिनिधिको क्षमता बिकासका लागि समय सापेक्ष तालिम संचालन गरि कार्य क्षमताका आधारमा पुरुस्कृत र दण्डको ब्यबस्था गरिने उहाँले बताउनुभयो ।जगन्नाथ गाउँपालिकाको आर्थिक, भौतिक र शैक्षिक क्षेत्रको बिकासका लागि नेपाल सरकार, रास्ट्रीय तथा अन्तरास्ट्रिय गैरसरकारी संघसंस्था र दातृ निकायसंग समन्वय गरिने बताउनुभयो ।

  • सेती कर्णाली खबर
  • आइतवार, असार ९, २०८१ 0७:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट