October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सामाजिक अभियन्ता शाहीले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

  • सेती कर्णाली खबर
  • आइतवार, बैशाख ३०, २०८१ 0३:३९
सामाजिक अभियन्ता शाहीले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

सेतीकर्णाली खबर,बाजुरा- बिच्छ्या माध्यमिक बिधालयका विद्यार्थीहरुलाई सामाजिक अभियन्ता रिता शाहीले शैक्षिक सामाग्री सहयोग गरेको छ।

बाजुरा जिल्लाकै दुर्गम मानिने बिच्छ्यामा पुगेर एक बाजुराकि सामाजिक अभियन्ता शाहीले दुई दिन पुरै पैदलमार्ग भएर त्यहाँका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्या केन्द्रमा रहेको शैक्षिक संस्था बिच्छ्या माध्यमिक बिधालयका बालबालिकालाई स्थलगत पुगेर इशा फाउन्डेसनको सहयोगमा सम्बन्धित ठाउँमा गएर २ सय ५० जना विद्यार्थीलाई झोला, कापी र कलम हस्तान्तरण गरिएको रेडियो अपि कार्यालय प्रमुख रामलाल बिष्टले जनाएको छ।

भौगोलिक हिसाबले पछाडी परेका बालबालिका लाई सहयोग गर्न पाँउदा हृदय बाट खुशी भएको छु। शैक्षिक सामाग्री सहयोग गर्ने इशा फाउन्डेसनका संस्थापक अध्यक्ष नारायण राइमाझी सचीव कमल सर्गम सहित फाउन्डेसन परिवारलाई धन्यवाद दिएका छन। बिच्छ्या माध्यमिक बिधालय विद्यार्थीहरु लाई १ लाख ५५ हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ। दुर्गम ठाउँमा कष्टकर यात्रा गरेर सकुशल विद्यार्थीलाई सहयोग गर्न पाउदा निकै खुशी महसुस भएको सामाजिक अभियन्ता शाहीले जनाएको छ।

मानवसेवा नै सबै भन्दा ठुलो धर्म हाे भन्ने हिसाबले आफू अगाडि लागेको उनको भनाइ रहेकोे छ। आफू बिधालय पढदा पढदै सामाजिक अभियन्ता गर्ने मुख्य उद्देश रहेकोे थियोे। अहिले आएर विभिन्न जिल्लामा दुखी बिरामी खाना लाउन नपाएका धेरै मान्छेहरू लाई सहयोग गरेको छु। बाजुरा जिल्ला भित्र विभिन्न पालिकामा भुकम्प र बाढी पहिरो पीडित घरपरिवार खाद्यान्न तथा लुगा कपडा सानोतिनो भएपनि सहयोग गरेको शाहीले बताएका छन।

बिधालय गरिब तथा जेहन्दार विद्यार्थीहरु लाई शैक्षिक सामाग्री पाउदा सबैभन्दा लाभान्वित भएका छन। विशेषगरी बिच्छ्या भूगोल हिसाबले पछाडि परेको बिधालय बालबालिका शैक्षिक सामाग्री सहयोग गर्दा इशा फाउन्डेसन र सामाजिक अभियन्ता रिता शाहीलाई धन्यवाद दिएको छ। आगामी दिनमा पनि सहकार्य निरन्तर रहने वडा अध्यक्ष जोख्या भण्डारीले जनाएको छ।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम हिमाली गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष जोख्या भण्डारीको अध्यक्षतामा कार्यक्रम गरिएको हो। प्रमुख अतिथि सामाजिक अभियन्ता रिता शाही प्रधानाध्यापक चन्द्र बहादुर रोकाया रेडियो अपि एफ.एम.८८ मेगाहर्जका कार्यालय प्रमुख रामलाल बिष्ट र बिधालय शिक्षक तथा विद्यार्थीहरुको बाक्लो सहभागिता सामाग्री वितरण कार्यक्रम गरिएको पत्रकार रामलाल बिष्टले जनाए।

  • सेती कर्णाली खबर
  • आइतवार, बैशाख ३०, २०८१ 0३:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट