बाजुरा जिल्ला अस्पताल बाट एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
बिहीबार हिमाली गाउँपालिका–१ विच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार दुई दिन पहिले अप्रेसन गरेर सुत्केरी गराएकी सुत्केरी महिला खड्काको पेट सुनिएपछि जिल्लामा उपचार सम्भव नभएकाले थप उपचारका लागि सेनाको हेलिकप्टर मार्फत सुर्खेत पठाइएको बताए ।