October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

ठेकेदारको लापारबाहीले गोलीगौँडा सडक ५ वर्ष देखी अलपत्र

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन ३, २०८० 0९:00
ठेकेदारको लापारबाहीले गोलीगौँडा सडक ५ वर्ष देखी अलपत्र

बाजुरा– जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ बिच्छयाँमा रहेको गोलीगौंडा सडक खण्ड पाँच वर्षदेखि अलपत्र परेको छ ।

राष्ट्रिय सडक सञ्जालका रुपमा रहेको कोल्टी-मार्तडी सडक खण्डसँग जोड्ने उदेश्यले निमाणर् हुन लागेको बिच्छयाँको गोलीगौंडा सडक खण्ड अलपत्र पारिएको हो । हालसम्म सडक सञ्जालसँग जोडिन नसकेको दुर्गम हिमालीको बिच्छयाँलाई सडक सञ्जालसँग जोड्ने उदेश्यले निमाणर् कार्य सुरु भए पनि हालसम्म सम्पन्न हुन नसकेको स्थानियले बताएका छन । समयमा सडक निमाणर् नभएपछि स्थानीयदेखि जनप्रतिनिधिलाई आवतजावतमा समस्या भएको बिच्छ्याका स्थानियले बताउने गरेका छन ।

संघीय सरकारको भौतिक पुर्वाधार यातायात मन्त्रालयको ८६ लाख १ हजार ६६ रुपैयाँमा सडक निमाणर् सम्पन्न गर्ने गरी गत ०७६ असार ३० गते सम्झौता भएको थियो । सडक डिभिजन कार्यालय साफेँबगर अछाम र सेविका वेहेडा बाबा जेबी डडेलधुरा निमाणर् कम्पनिका सञ्चालक युवराज जोशी बीच ०७७ वंैशाख २७ गते काम सम्पन्न गर्ने गरी सम्झौता भएको हो । सम्झौता मिति अगावै अर्थात ११ महिना भित्र सडक निमाणर् कार्य सम्पन्न गर्नु पर्ने गरी दुबै पक्षबीच सम्झौता भएको सडकको पाचँ वर्ष पुगिसक्दा पनि निमाणर् कार्य अलपत्र बनेको स्थानियको भनाई रहेको छ ।

एक वर्षभित्र निमाणर् सम्पन्न गर्नु पर्ने सडकको पाँच वर्ष पुगि सक्दा पनि एक प्रतिशत काम नहुनु दुखद भएको पुर्व अध्यक्ष धनरुप बुढाको गुनासो छ । काम नभए पनि भयो भनेर भुक्तानी लिने ठेकेदार र भुक्तानी दिने स्थानीय निकायको पनि ठुलो कमजोरी रहेको उनको भनाई रहेको छ । स्थानीय निकायले पनि काम अनुसारको भुक्तानी दिनमा कडाई नगर्दा बाजुराका अधिकांश सडकको अवस्था दुर्भाग्य भएको उनको भनाई रहेको छ ।
ठेकेदार जोशीले पनि कामै नगरी १४ लाख भुक्तानी लिएको पाइएको छ । ठेकेदार जोशीले ८६ लाख १ हजार ६६ रुपैयामध्ये १४ लाख भुक्तानी लिएको पाईएको हो । समयमा काम सम्पन्न नहुनु ठेकेदारको चरम लापरवाही देखिए पनि अनुगमन नगरी भुक्तानी गरिनु र अलपत्र बनेको काम निमाणर् गर्न नलगाउनु सम्बन्धित निकायको ठुलो कमजोरी रहेको स्थानीय बताउँछन् ।

हिमाली गाउँपालिकाका ५ का वडा अध्यक्ष प्रजित थापाले अन्य स्थानीय तहका सबै वडामा सडक मार्गको पहुँच पुगे पनि आफ्नो वडामा नपुगेको बताए । ठेकेदारको लापरवाहीका कारण वडाका स्थानीय सडक यातायातबाट बञ्चित रहेका उनले बताए । सडक यातायातको सुविधा नभएकाले त्यहाँका स्थानीय बासिन्दाले वडा कार्यालयमा पुुग्नकै लागि पनि एक दिनको पैदल हिँड्नुु पर्ने बाध्यता रहेको वडाअध्यक्ष थापाले बताए ।

बर्षौँदेखि साघुँरो गोरटो बाटोमा ज्यान जोखिममा राखेर हिडडुँल गर्दै आएका स्थानीयलाई सडक निमाणर् भए सजिलो होला भन्ने आशा पलाए पनि फेरि उस्तै निरासा छाएको स्थानीय मनलाल बुढाले बताए । उनले गाउँमा बजार नहुँदा चामल र नुन लिनका लागि धुलाचौर कवाडी पुग्ने गरे पनि बाटो सहज नहुँदा समस्या हुने गरेको बताए ।

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन ३, २०८० 0९:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट