October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराको कवाडी खाद्य डिपो केन्द्रमा चामल अभाव

  • सेती कर्णाली खबर
  • बुधबार, माघ १०, २०८० 0३:५९
बाजुराको कवाडी खाद्य डिपो केन्द्रमा चामल अभाव

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडी अस्थायी खाद्य डिपो केन्द्र चामल अभाव रहेको छ।

गाउँका सर्वसाधारण मान्छेहरु चामल किन्न खाद्य डिपो केन्द्रमा आउँदा चामल नहुदा सेवाग्राही रित्तो हात लिएर घर फर्किने गरेका। हिमाली गाउँपालिका स्थानीय मात्र नभएर हुम्ला र मुगु जिल्ला छिमेकी लाई समेत चामलको समस्या भएको छ। खाद्य बिक्री केन्द्रमा चामल सकिएको कारणले स्थानीय सेवाग्राही मारमा परेका छन।

गाउँ भन्दा करिब ४ घण्टा पैदल यात्रा गरेर चामल किन्न जादा अति आवश्यक पर्ने चामल सम्बन्धि ठाउँमा लिन हिडदा धेरै समस्या भएको छ। खाद्य डिपो केन्द्र चामल अभाव भएको कारणले बजार बाहिर महँगो रुपैया तिरेर चामल किन्नु पर्ने बाध्यता रहेकोे छ। यदि हामीले चामल अभाव नभएको भए सस्तो रुपैयाँको दरले पाउन सकिने थियो। धेरै समय अगाडि चामल किन्न जादा खाद्य बिक्री केन्द्र कवाडी चामल नपाइने गरेको अवस्था रहेकोे स्थानीयले बताएका छ्न।

खाद्य बिक्री केन्द्र चामल समस्या हुँदा विशेषगरी स्थानीय सर्वसाधारण पीडामा परेका छ्न। बजारमा चामलको दर महँगोमा पाइने भएको हुँदा हिमाली गाउँपालिका अधिकास जनता धोका पाउनुपर्ने बाध्यता रहेकोे छ। यदि चामल डिपो केन्द्रमा प्रशस्त रूपमा उपलब्ध गराए भने यहाँका स्थानीय स्तरका जनताले सेवा सुबिधा पाउने थिए। धेरै महिना देखि खाद्य केन्द्र रित्तो भएको कारणले गाउँ घरका जनताले समस्या भोग्नुपरेको स्थानीयले बताएका छन।

खाद्य डिपो चामल नहुदा बजार महँगो पैसा तिरेर खाने गरेका छन। बजार हाल नसकिने चामल भाउ भएको हुँदा खान नसक्ने अवस्था रहेकोे छ। गाउँ घरमा धान कम फल्ने गरेको कारणले भोकमरी बढ्दो समस्या भएको छ। जुन जनताको समस्याहरु लाई समाधान गर्न सम्बन्धि निकायलाई ध्यानाकर्षण रहोस् स्थानीय भनाइ रहेकोे छ।

बाजुरा अधिकास मान्छे मोटो चामल किन्ने गरेका छन। हामीसंग अहिले मसिनो चामल हुँदा समस्या भएको हो। चामल खरिद प्रक्रियामा पुनः टेन्डर गर्न समय लाग्छ। अबको १५ दिनपछि कवाडी खाद्य डिपोमा केन्द्रमा चामल उपलब्ध गराइने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मार्तडीले जनाएको छ।

  • सेती कर्णाली खबर
  • बुधबार, माघ १०, २०८० 0३:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट