October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

प्रतिस्पर्धी ब्राण्डमा भन्दा अशोक लेल्याण्डको पिकअप माइलेज बढी

  • सेती कर्णाली खबर
  • शनिबार, पुस ७, २०८० 0८:३१
प्रतिस्पर्धी ब्राण्डमा भन्दा अशोक लेल्याण्डको पिकअप माइलेज बढी

जितजङ् कटेल/नेपालगन्ज- बाँके जिल्ला नेपालगन्जमा प्रतिस्पर्धी ब्राण्डमा भन्दा अशोक लेल्याण्डको बडादोस्त पिकअपको माइलेज बढी रहेकोे छ।

नेपालगन्जमा अशोक लेल्याण्डका गाडीको माइलेज चेक कार्यक्रम सम्पन्न भएको छ। अशोक लेल्याण्डको बडादोस्त पिकअप गाडीको माइलेज टेष्ट गरिएको नेपालगन्ज साखा प्रमुख गङा राज भुर्तेलले जानकारी दिए ।

प्रतिस्पर्धी अन्य ब्राण्डका पिकअपहरुको भन्दा अशोक लेल्याण्डको बडादोस्त पिकअपले राम्रो माइलेज दिएको भुर्तेलले जानकारी दिए ।

नेपालगन्जको गणेशमान चोक बाट सुर्खेत बबै सम्म गाडीको माइलेज टेष्ट गरिएको थियो । उक्त अवसरमा बडादोस्तसँगै अन्य ब्राण्डका पिकअपहरु पनि सहभागी थिए । अन्य प्रतिस्पर्धी ब्राण्डले १२.४८ प्रतिलिटर माइलेज दिदा बडादोस्तले २० प्रतिलिटर माइलेज दिएको कम्पनीले जनाएको छ ।

हाइवे र राम्रो सडकमा प्रतिलिटर १९.६ किमी माइलेज यो गाडीले दिने कम्पनीले जनाएको छ। यसै बीच माइलेज ट्रायलसँगै अशोक लेल्याण्डको बडादोस्तको प्रदर्शनी गरिएको छ । कार्यक्रममा ४२ वडा गाडी सहभागी बताइएको छ । बडादोस्तले ५ बर्ष सम्म ढुक्कले गडि चलाउनको लागि आकर्षक योजना लाएको छ।

  • सेती कर्णाली खबर
  • शनिबार, पुस ७, २०८० 0८:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट