October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

विजय दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम

  • सेती कर्णाली खबर
  • बुधबार, कार्तिक ८, २०८० 0३:१६
विजय दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम

उमेश रोकाया/बाजुरा- विजय दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन।

हिमाली गाउँपालिका वडा नम्बर ६ को पाँडी गाउँमा कार्तिक ७ गते मंगलवारको दिनमा भवानी बाल समुहको आयोजनामा विजय दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गरेर भव्य रूपमा गरेका छन। शुभकामना आदानप्रदान कार्यक्रममा नित्य, सडक नाटक, देउडा लगायतका सास्कृतिक कार्यक्रम गरेर मनाएको भवानी बाल समुहका उपाध्यक्ष विपिन लवारले बताएका छन।

हिन्दुहरुको महान चाडपर्व बिजय दशमी लाई संरक्षण गर्नका लागि प्रत्येक वर्षको दशै मौका पारी विभिन्न सास्कृतिक कार्यक्रम गर्ने गरेका छौ। शुभकामना आदानप्रदान कार्यक्रम गाउँका ठुलो बडा मान्नेजनका हातबाट कार्यक्रममा जमरा र टीका लगाउने गरिन्छ। गाउँ एक आपसमा मिलेर वर्ष दिनको काम लाई कहिलेकाहीको रमाइलो भन्ने हिसाबले विभिन्न किसिमका कार्यक्रम प्रस्तुत गरेर मनाउने गरेको छ।

उक्त कार्यक्रम सभा अध्यक्ष मान्देवी रोकाया रहनु भएको छ। प्रमुख अतिथि हिमाली गाउँपालिका वडा नम्बर ६ वडा अध्यक्ष प्रेमलाल भण्डारी बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्य समिति पुर्व पाटी सभापति प्रबलाल भण्डारी अतिथि समाजसेवी चिन बहादुर रावल विर्ख रावल, केश बहादुर रोकाया लगायत स्थानीयको बाक्लो सहभागिता कार्यक्रम गरिएको छ। सोही कार्यक्रम संचालक गोर बहादुर रोकायाले गर्नुभएको आयोजकले बताएको छ।

  • सेती कर्णाली खबर
  • बुधबार, कार्तिक ८, २०८० 0३:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट