October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउँपालिकाको आफ्नै डोजर खरिद

  • सेती कर्णाली खबर
  • शुक्रबार, अशोज १२, २०८० ११:२७
हिमाली गाउँपालिकाको आफ्नै डोजर खरिद

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाका भौतिक पुर्वाधार विकास सहजका लागि आफ्नै डोजर खरिद गरिएको छ्न।

पालिका भरीका भौतिक योजना निर्माणकार्य सहज बनाउन हिमाली गाउँपालिकाले आफ्नै डोजर खरिद गरिएको छ। विपद समय हुने समस्या लाई समाधान गर्नका निम्ति डोजर खरिद ल्याएको छ। १२ औं गाउँ सभा तयार गरेर निति तथा कार्यक्रम पहिलो प्राथमिकता राख्दै शुक्रबार दिउँसो गाउँपालिकामा नयाँ डोजर पुर्‍याएको हिमाली गाउँपालिका कार्यालयले जनाएको छ।

गाउँपालिका रहेका सडक निर्माणका काम लगायत विभिन्न किसिमबाट गर्न सकिने कामकाज सहजीकरण गर्नका लागि स्रोतसाधन अभाव नहुन दिन पालिकाको डोजर भित्र्याएको छ। अब गाउँपालिका मुख्य सडक देखि ग्रामीण सडक विभिन्न कारणले बन्द हुने अवस्थामा भएपनि छिटोछरितो सञ्चालन गर्नका लागि खरिद गरेको छ।

भौतिक पुर्वाधार बिकास निकास सहज बनाउनका लागी समस्या हुनेछैन। पहिलोको जस्तो समस्या अहिले सजिलैसँग समाधान गर्नसक्ने रहेकोे छ। पालिका भौतिक विकास संग जोडिएका डोजर प्रयोग गरेर गरिने काम आफ्नै स्रोतसाधन प्रयोग गरेर काम गर्न सरल हुनेभएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो।

हिमाली गाउँपालिका आफ्नै डोजर इन्जिनियर मदन राज पाण्डे र सूचना प्रविधि अधिकृत सागर रोकायाले डोजर खरिद पत्र र चापी समेत बुझेको छ। गाउँपालिका सडक लगायत निर्माण संरचना काम आफ्नै डोजर बाट निर्माणका काम सजिलो हुनेभएको गाउँपालिका इन्जिनियर मदनराज पाण्डेले बताएका छन।

  • सेती कर्णाली खबर
  • शुक्रबार, अशोज १२, २०८० ११:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट