December 11, 2025 | बिहिबार, मंसिर २६, २०८२

खत्याड गाउँपालिकाको आयोजनामा कोल्टीमा कर्णाली करिडोर क्षेत्रका होटल व्यावसायीका लागि ५ दिने तालिम सञ्चालन

  • सेती कर्णाली खबर
  • बुधबार, असार ६, २०८० ११:0४
खत्याड गाउँपालिकाको आयोजनामा  कोल्टीमा कर्णाली करिडोर क्षेत्रका होटल व्यावसायीका लागि ५ दिने तालिम सञ्चालन

बाजुरा ५ असार।खत्याड गाउपालिकाको आयोजनामा कर्णाली करिडोर क्षेत्रका होटल   तथा पर्यटन व्यवसायीहरुका लागि ५ दिने तालिम बुढीनन्दा नगरपालिकाको कोल्टीमा सूरु भएको छ । नेपाल पर्यटन बोर्ड संगको सहकार्य र मुगु जिल्लाको खत्याड गाउँपालिकाको आयोजनामा उक्त तालिम आजबाट कोल्टीमा रहेको होटल इको भिलेजमा सूरु गरेको छ ।कर्णाली करिडोर आसपास क्षेत्रमा पर्ने होटल तथा पर्यटन व्यवसायीहरुलाई होटल व्यवस्थापन तथा पर्यटन मैत्री वातावरण बनाउन अभिप्रेरित गर्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको हो ।५ दिनसम्म संचालन हुने तालिममा स्वामीकार्तिक खापर, हिमाली गाउँपालिका र मुगुको खत्याड गाउँपालिकका ३५ जना होटल ब्यवसायिहरु तथा पर्यटन व्यबसायीहरु सहभागी भएका  छन । तालिममको सहजीकरण प्रशिक्षक स्याम बहादुर तामाङ र लक्ष्मण प्रसाद भण्डारीले गर्ने भएका छन् ।कर्णाली  करिडोर क्षेत्रका नागरिकको, गुणस्तरीय पर्यटनको चाहान, स्वस्थ, पोषणयुक्त अर्गानिक खाना, सफा र स्वच्छ पर्यटनमैत्री वातावरणको सृजना भन्ने प्रमुख नाराका साथ उक्त तालिमको आयोजना गरिएको आयोजक खत्याड गाउँपालिका मुगुले जनाएको छ ।

बाजुरा हुँदै पर्यटकीय क्षेत्र रारा घुम्न आउने पर्यटकहरुलाई सफा सुत्ने ब्यवस्था ,स्वस्थ अर्गानिक खाना खुवाउने र पर्यटकलाई आकर्षण कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको नागरिक सरोकार मंचका संयोजक जनेश भण्डारीले बताएका छन् ।खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर मल्लको अध्यक्षतामा संचालन गरिएको तालिममा प्रमुख अतिथि हिमााली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल प्रमुख अतिथि र विशिष्ट अतिथि स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया रहेका थिए ।तालिमको स्वागत मन्तव्य हिमाली गाउँपालिका ४ का वडा अध्यक्ष भिमानन्द पाण्डेले गरेका थिए भने कार्यक्रमको संचालन नागरिक सरोकार मंचका संयोजक जनेश भण्डारीले गरेका थिए । तालिम काेल्टीमा रहेको होटेल इको भेलेजमा स‌चालन भइरहेको छ।

  • सेती कर्णाली खबर
  • बुधबार, असार ६, २०८० ११:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  