October 4, 2024 | शुक्रबार, अशोज १८, २०८१

हिमालीका ८ सय ३६ घरधुरी बिजुली बत्तीको पहुँचमा

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज २३, २०८० 0८:२५
हिमालीका ८ सय ३६ घरधुरी बिजुली बत्तीको पहुँचमा

उमेश रोकाया/बाजुरा- जिल्ला हिमाली गाउँपालिकाका ८ सय ३६ घरधुरी बिजुली बत्तीको पहुँचमा रहेका छन।

हिमाली गाउँपालिका वडा नम्बर ५ को रुगिन, नदपाटा र बछ्या गरि २ सय ६२ घरधुरी र वडा नम्बर ४ मा फैती र लेख बोर्ता गाउँमा गरेर २ सय ५२ घरधुरी कुवाडी खोला जलविद्युत आयोजना विद्युतको लाइन विस्तारले उज्यालो बस्ती भएको छ। उक्त बत्ति अहिले धुलाचौर बजारमा पनि लाइन विस्तार गरि बिजुली आइरहेको छ। भने वडा नम्बर ५ को कियुडी गाउँका ९९ घरधुरी विद्युतको लाइन बिस्तार गर्न बाकी रहेकोे कुवाडी खोला जलविद्युत आयोजनाका अध्यक्ष प्रवल बुढथापाले बताएका छन।

वडा नम्बर ६ को पाँडी गाउँमा १ सय ४५ वटा घरधुरी र वडा नम्बर ७ बाँधु दुइटा गाउँका बस्तीका १ सय ७७ घरधुरीमा बिजुली बत्तीको पहुँचमा रहेका छन। वडा नम्बर ६ बोल्डीक र धिम गाउँमा बिजुुली बत्तीको बिस्तार रकम छुट्याइएको छ। यही सालमा लाइन बिस्तार गरि उज्यालो बस्ती बनाउन लागिपरेको हिमाली गाउँपालिकाले जनाएको छ।

उज्यालो हिमाली अभियानमा लागिपरेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छ्न। साबिक बिच्छ्या गाविस अहिलेको वडा नम्बर १,२ र ३ को वडा बिजुली बत्तिको लागि कादुरी संस्था संग सहकार्य/समन्वय गरिएको छ। आफ्नो कार्यकालमा हिमाली उज्यालो वडा गाउँ बस्ती बिस्तार गर्न लागिपर्ने अध्यक्ष मल्लले बताएका छन। राष्ट्रिय जनगणना तथ्यांकअनुसार २०७८ का अनुसार हिमाली गाउँपालिकाको घरधुरी संख्या १ हजार ९ सय ९८ रहेकोे छ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज २३, २०८० 0८:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट