October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको छ : ईश्वर पोखरेल

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख १३, २०८० 0७:0२
सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको छ : ईश्वर पोखरेल

वैशाख-१३ नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको आरोप लगाएका छन्

मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनले देश धराशायी बनाउने गरी गलत दिशातर्फ लगिरहेको आरोप लगाएका हुन् ।
उनले भने, ‘एउटा सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्र मूल्य मान्यताविपरीत गठबन्धन खडा गरिएको छ । जुन गठबन्धन मुलुकलाई धराशायी बनाउने गलत दिशातर्फ लैजाने काम गरिरहेको छ ।’

यस्तो परिस्थितिमा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता उनले औंल्याए । राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचारबाट अभिप्रेरित भएर  अघि बढ्नुपर्ने पोखरेलको भनाइ छ ।

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख १३, २०८० 0७:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट