बाजुरा, शुदुरपश्चिम प्रदेश सरकारले बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ काम्ति को धोवि ढुङ्गा र जगन्नाथ वडा नम्बर २ नुनेपानीमा १७ करोड ५० लाख ट्रसब्रिज निर्माण हुन लागेको पुर्वाधार विकास कार्यलय साँफेबगरका प्रमुख रुद्ध बोगटीले वताएका छन् ।०७८।०७९ आर्थिक बर्षको बजेटमा बेलिबिज्र निर्माणका लागि ५ करोड बिनियोजन गरेको थियो । तर त्यो बजेटले अस्थायी बेलिबिज्र मात्र निर्माण हुनेभएपछि थप स्टमेट गरेर १७ करोड ५० लाखमा स्थायि ट्रसब्रिज निर्माण हुने गरि काम अघि बढेको कार्यलय प्रमुख बोगटीले बडिमालिका खबरलाई बताएका छन् । स्वामिकार्तिक खापर गाउँपालिकाको १ र जगन्नाथ गाउँपालिकाको २ को बिच कर्णाली नदिको किनारा नुनेपानीमा ७० मिटरको ट्रसब्रिज बन्ने भएको हो ।
पटक पटक संघ र प्रदेश सरकारलाई हारगुहार गरेपछि प्रदेश सरकार बाट बजेट बिनियोजन भएको गाउँपालिका अध्यक्ष चिरिञ्जीबि शाहिले वताएका छन् । बाजुरामा कर्णाली पारिको स्वामिकार्तिक खापर गाउँपालिका रहेको छ । ट्रसब्रिज बन्ने भएपछि गाउँपालिका सडक सञ्जालमा जोडिने भएको छ ।
यातायात बाट बिमुख बनेको उक्त गाउँपालिकामा ट्रसब्रिज बन्ने भएपछि स्थानिय बासि खुशी भएको गाउँपालिकाका सुचना अधिकारी कुुबेर शाहीले वताएका छन् । कर्णालीमा पुल बनाउने प्रक्रियामा संघिय सरकार भएपनि त्यो भने केही समय लाग्ने भएको छ । संघिय सरकारले बनाउने पक्कि पुल बाट अहिले बन्ने ट्रसब्रिज झन्डै ३० किलोमिटर टाढा रहेको छ ।