July 1, 2025 | मङ्लबार, असार १७, २०८२

गाउँपालिकालाई आत्मनिर्भर बनाउने गरी सबैले लाग्न अध्यक्ष मल्लको आग्रह

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ २९, २०८१ १५:४0
गाउँपालिकालाई आत्मनिर्भर बनाउने गरी सबैले लाग्न अध्यक्ष मल्लको आग्रह

बाजुरा- हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले गाउँपालिकालाई आत्मनिर्भर  बनाउने गरी सबैले लाग्न आग्रह गरेका छन् ।

स्थानीय बालीमा आधारित खाद्य परिकार सम्बन्धी दुई दिने तालिमको उद्घाटनमा बोल्दै अध्यक्ष मल्लले तालिम पश्चात व्यवसायिक रुपमा लाग्न आग्रह गरेका हुन् । पालिकामा होटल व्यवसायी गर्दै आएका व्यवसायीहरुले रैथाने बालीको खाजा  बनाउदै प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
स्वास्थ्यका लागि हानीकारक चीजबस्तु नास्ता तथा खाजा पकाएर विक्री गर्नुभन्दा स्थानीय रैथाने बालीहरुको प्रवद्र्धन गरी होट व्यवसायीहरुले उक्त परिकार बनाएर व्यापार व्यवसाय गर्र्नुपर्ने बताएका छन् ।

स्थानीय उत्पादन कागुनो,फापर सिमी लगायतका परिकारहरुको पालिकामा हुने बैठक तथा तालिममा सोही  परिकार बनाउन निर्देश गरेका हुन् ।
पालिकामा रहेका नागरिकले पुशपालन र फलफुल खेतीलाई प्राथमिकता राखेर आत्मनिर्भर हुने गरी व्यवसायिक बन्नुपर्ने अध्यक्ष मल्लको भनाई रहेको छ । आम्दानीको स्रोत पहिचान गर्न नसक्दा नगारिक आत्मनिर्भर हुन नसकेको मल्लको दावी छ । आम्दानीको स्रोत पहिचान गरेमा कुनै पनि नागरिकले बेरोजगार बस्नु नपर्ने उनको भनाई छ ।
वैदेशिक रोजगार भन्दा पनि पालिकामा  फलफुल तथा तरकारी खेतीको व्यवसाय गर्दा गाउँमै मनग्य आम्दानी हुनेमा मल्लले विश्वास व्यक्त गरेका छन् ।
रैथाने बालीलाई प्राथमिकतामा राखेर खेतीयोग्य जमिनको उपयोग गर्न मल्लले तालिममा सहभागीलाई आग्रह गरेका छन् ।

कृषि खाद्य प्रणालीका लागि नविकरणीय उर्जा कार्यक्रमको आयोजनामा हिमाली गाउँपालिकामा होटल व्यवसाय गर्दै आएका व्यापारीलाई रैथाने बालीको परिकार बनाउने तालिम दिन थालिएको हो। हिमाली गाउँपालिकाको समन्वय र उक्त परियोजनाको सहजीकरण तथा जीआइ जेडको आर्थिक तथा प्राविधिक सहयोगमा तालिम संचालन गरिएको हो । तालिमको प्रशिक्षण नृप सिंहले गरेका छन् । तालिममा करिव २० जना बढी होटल व्यवसायी सहभागी भएका छन् । हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लको अध्यक्षतमा उक्त तालिम संचालन भएको आयोजकले  जनाएको छ ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ २९, २०८१ १५:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  