January 30, 2026 | शुक्रबार, माघ १७, २०८२

५० प्रतिशत अनुदानमा गहुँ र हिउँदे आलुको बीउ कृषकलाई दिने

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज २, २०८० 0८:४४

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाका कृषकहरुलाई ५० प्रतिशत मुल्य अनुदानमा गहुँ र हिउँदे आलुको बीउ वितरण गर्ने भएको छ।

५० प्रतिशत मुल्य अनुदानमा कृषि सहकारी, समुह, व्यवसायीक कृषि फर्म र कृषकहरुलाई गहुँ र हिउँदे आलुको बीउ माग गर्ने हिमाली गाउँपालिकाले वताए। हिमाली गाउँपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषि सहकारी, समुह, व्यवसायीक कृषि फर्म र कृषकहरुलाई गहुँ र हिउँदे आलुको बीउ वितरण गर्ने भएको छ।

सूचना प्रकाशित असोज २ गते अनुसार एक हप्ता भित्र आवश्यक पर्ने गहुँ र हिउँदे आलुको बीउ माग लागि वडा कार्यालय तथा हिमाली गाउँपालिका कृषि विकास शाखामा सम्पर्क गर्न समेत आग्रह गरेको छ। कृषकलाई माग गर्दा नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी सहित बिउ माग गर्दा ५०% बराबर हुन आउन प्रति किलोग्राम रकम पहिला नै जम्मा गर्नुपर्ने हिमाली गाउँपालिका कृषि विकास शाखा निमित्त प्रमुख पुजन थापाले वताए।

गहुँको मुल्य बीउ प्रति किलोग्राम रु. ५०/- आलुको उन्नत जातको बीउ प्रति किलोग्राम रु. ३५/- गहुँको उन्नत बिउ प्रति किलोग्राम रु.४०/- आलु स्थानीय बीउ प्रति किलोग्राम रु. २०/- दर समेत खुलाएको छ। सोही अनुसार रकम ५०% प्रतिशत रकम पहिला दिनुपर्ने भएको छ। कृषि सहकारी र समुहको हकमा बीउ माग सम्बन्धि निर्णय र कर चुक्ता वा नविकरण गरेको प्रमाणपत्र पेश गर्नुपर्ने शाखा प्रमुख थापाले बताएका छन।

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज २, २०८० 0८:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  