बाजुराको पछिल्लो मतगणना अपडेट/ त्रिवेणी नगरपालिका आधा गणना सकियो । आधा गणना शुरू । जनक गिरी (रुख) –१११८५ लालबहादुर थापा (सूर्य) – १०९८४ हेमराज थापा (घण्टी) – ४२४२ प्रकाश शाह (तारा) – १९९६ केशर शाही (हलो) – २०१ दिपक डिसी (आँखा) – ८७ भुपेन्द्र विक (गुलाब) – १८६ उपेन्द्र शाही (भंगेरो) – ६२ #ElectionCommission #Bajura
बझाङको बुङल नगरपालिकामा आइतबार आयोजित एक विशेष कार्यक्रममा विभिन्न दल परित्याग गर्दै दर्जनौँ नेता–कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। आज एक कार्यक्रमका बीच बुङल नगरपालिका वडा नं. १० का रमेश बहादुर बोहरा नेपाली कांग्रेस परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन्। त्यस्तै २०७४ सालमा नेकपा एमालेबाट निर्वाचित दलित महिला सदस्य गीता देवी कामीले […]
केदारस्यूँ गाउँपालिका वडा नं. १ निवासी, समाजसेवी तथा राजनीतिक व्यक्तित्व भक्त भण्डारी ज्युले बाह्रदेउ क्याम्पसको होली कमिटीलाई रु १,०८,००० (एक लाख आठ हजार) आर्थिक सहयोग प्रदान गर्नुभएको छ। उहाँले क्याम्पसको समग्र शैक्षिक उन्नति, भौतिक पूर्वाधार सुदृढीकरण तथा दिगो विकासका उद्देश्यलाई साथ दिन उक्त सहयोग उपलब्ध गराउनुभएको हो। प्राप्त सहयोग रकम क्याम्पसको आवश्यक शैक्षिक सामग्री व्यवस्थापन, […]
बझाङ जिल्लाको आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका मीन बहादुर कुवँरले आफू ३००० देखि ४००० मतान्तरले विजयी हुने ठोस आधार तयार भएको दाबी गर्नुभएको छ। कुवँरले आज आफ्नो सामाजिक संजालमा पोस्ट गर्दै आफू निरन्तर घरदैलो, टोलभेला, जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रममार्फत प्राप्त जनसमर्थन, संगठनात्मक एकता र निर्वाचन परिचालनको सशक्त रणनीतिका […]
झाङ — आगामी प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा बझाङ जिल्लामा राजनीतिक माहोल तातेको छ। विभिन्न दलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिरहँदा मीन बहादुर कुवँर भने स्वच्छ छवि र निस्कलंकित राजनीतिक पृष्ठभूमिका कारण विशेष चर्चामा रहनुभएको छ। दीर्घ समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका कुवँरलाई स्थानीय स्तरमा इमानदार र स्पष्ट वक्ताका रूपमा चिनिन्छ। उहाँले विकास, सुशासन […]
दोरेन्द्र खड्का बझाङ बझाङ, नेपाली कम्युनिष्ट पार्टी बझाङका तर्फबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार मीन बहादुर कुवँरले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ। चुनावी अभियानअन्तर्गत बुङल नगरपालिकामा सञ्चालन भइरहेको घरदैलो कार्यक्रमका क्रममा उहाँले बझाङ जिल्लाबाट नेपाली कम्युनिष्ट पार्टीको जित निश्चित रहेको बताउनुभयो। घरदैलो अभियानमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै कुवँरले पार्टीको नीति, कार्यक्रम तथा आगामी […]
बझाङ, जयपृथ्वी नगरपालिका–२ मा अवस्थित बालविकास आधारभूत विद्यालयलाई जयपृथ्वी नगरपालिका–८ निवासी तुलछि देबि जोशी र मना देवि जोशीको नाममा रहेको जग्गा निःशुल्क रूपमा उपलब्ध गर्नुभएको छ। आज आयोजित एक कार्यक्रमका बीच उहाँका जेठा छाेरा उत्तमराज जोशीले आफ्ना सबै दाजुभाइहरूको सहमतिमा विद्यालयलाई जग्गा निःशुल्क प्रदान गर्ने घोषणा गर्नुभएको हो। विद्यालयको सिमानासँगै जोडिएको करिब रु पाँच लाख […]
बझाङ – देवराज रेग्मी द्वारा लिखित पुस्तक “अनुभव, अनुभूति र संघर्षको सँगालो” सहिद दिवसको अवसर पारेर औपचारिक रूपमा विमोचन गरिएको छ। सहिद दिवसको स्मरणमा आयोजित विशेष कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री भानुभक्त जोशीले पुस्तक विमोचन गर्दै लेखक देवराज रेग्मीको जीवन यात्रा, राजनीतिक संघर्ष र वैचारिक प्रतिबद्धताको प्रशंसा गर्नुभयो। उहाँले पुस्तकले कम्युनिस्ट […]
नेकपा (विप्लव) निकट अखिल (समाजवादी) का केन्द्रीय महासचिव, सशक्त युवा नेता प्रकाश जप्रेल लगायतका नेता तथा कार्यकर्ताहरू वामपन्थी आन्दोलनको ध्रुवीकरणको क्रममा नेपाली कम्युनिस्ट पार्टीमा औपचारिक रूपमा प्रवेश गर्नुभएको छ। देशमा विद्यमान राजनीतिक परिस्थिती, वर्गीय संघर्षको आवश्यकता र मजदुर–किसान तथा उत्पीडित जनताको हकअधिकार सुनिश्चित गर्ने उद्देश्यसहित वामपन्थी शक्तिहरूबीच एकता अपरिहार्य बन्दै गएको निष्कर्षका साथ उहाँहरू नेपाली […]
घरेलु तथा साना उद्योग कार्यालय बझाङको आयोजनामा सञ्चालन गरिएको २ महिने मेसिनद्वारा होजियारी (गार्मेन्ट) तालिम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय स्तरमै सीप विकासमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त तालिम २०८२ मंसिर ९ गतेदेखि सुरु भई २०८२ माघ ९ गते औपचारिक रूपमा सम्पन्न भएको हो। तालिम अवधिभर सहभागीहरूलाई आधुनिक मेसिनको प्रयोगमार्फत होजियारी तथा गार्मेन्टसम्बन्धी […]