बाजुरा- स्वामिकार्तिक खापर गाँउपालिका वडा नं. १ जाेरु स्थित विधालयका १५० जना बालवालिकालाई न्यानाे लुगा कपडा वितरण गरिएको छ। सत्यशाही आधारभूत विधालयमा हन्ड्रेडस ग्रुप अफ नेपाल सहयोगमा बब्लु यादव, प्रतिउसा बाेहाेरा,सागर लामिछाने र नवीन कुमार बाेगटी र समाजसेवी जनेश भण्डारी लगायत स्थानिय अभिभाबकहरूकाे उपस्थितिमा न्यानो कपडा वितरण गरिएको छ। स्वामिकार्तिक खापर गाँउपालिका वाड नं. १ […]
२७ माघ, धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभा सदस्य नरेश शाहीलाई सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने भएको छ । बाजुराबाट निर्वाचित शाहीलाई सरकारमा पठाउने सहमति भएको नेकपा समाजवादीका एक नेताले जानकारी दिए । उनलाई मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गाोनियताको सपथ लिएपछि मन्त्रीमा नियुक्त गर्नेछन् । समाजवादीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेको छ । […]
२६ माघ बाजुरा– बुढीन्दा नगरपालिका नगर शिक्षा शाखाको बैठक सम्पन्न भएको छ्। नगर शिक्षा शाखाको बैठकले ५ वटा महत्त्वपूर्ण महत्त्वपूर्ण निर्णय गरेका छन्। बैठकको अध्यक्षता नगर प्रमुख जनक कुमार बोहराले गरेका थिए। (१)नयाँ शैक्षिकसत्र २०८० बाट कार्यान्वयन हुने गरि आर्थिक , विपन्न लाई मध्य नजर गर्दै मावि तह (११-१२) सम्म नियम अनुसार लिई रहेको शुल्क […]
बाजुरा — बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक फेरीएका छन । जेठको दोस्रो साता काजमा बाजुरा पुगेका प्रहरी नायव उपरिक्षक सुर्य थापा बाजुराबाट सरुवा भएका छन । प्रहरी नायव उपरीक्षक थापाको एकाएक सरुवा भए संगै बाजुराको प्रहरी प्रमुखको रुपमा कबिन्द्रसिहं बोहरा बाजुरा सरुवा भएर आएका छन । बाजुरामा स्थानिय तहको निर्बाचनका बेला हेलीकप्टर मार्फत काजमा बाजुरा […]
बाजुरा — जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर २ मा रहेको सत्यवादी मावि भौनेरामा अध्ययनरत विपन्न विद्यार्थी र वडाका जेष्ठ नागरिक, एकल महिला, अपाङलाई न्यानो लुगा वितरण गरिएको छ । बडीमालिका नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष डम्बर महतको पहल तथा गोदावरी पूर्व विद्यार्थी संघ काठमाण्डौंको सहयोगमा सत्यवादी मावि भौनेरामा अध्ययनरत ३४५ जना विद्याथी, ७२ जना जेष्ठ […]
१७ माघ बाजुरा – हिमाली गाउँपालिका–३ युनामा पर्ने कवाडी खोलाको बगरको नजिकै रहेको झाडीमा भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा सोमबार दिउँसो प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विशेष सूचनाका आधारमा प्रहरी चौकी विच्छ्याबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकाएर राखेको अवस्थामा बन्दुक फेला पारी बरामद गरेको हो । बन्दुक खोलाको किनारको झाडीमा […]
बाजुरा- हिमाली गाउँपालिकाको ११ औं गाउँ सभा हिजो सम्पन्न भएको छ। “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार दीर्घकालीन, दृष्टिकोण, सुशासन र गरिबी निवारण समुह हिमालीको आधार” भन्ने मुल अभियानका साथ गाउँ सभा सम्पन्न गरिएको छ। हिउँदे गाउँ सभा सभा अध्यक्ष हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल रहनु भएको छ। हिमाली गाउँपालिका उपाध्यक्ष […]
उमेश रोकाया ४ माघ बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा स्थानीय नागरिकका लागि पालिकाका सूचना प्रदान गर्न विद्युतिय बोर्ड जडान गरिएको छ। पालिकाका स्थानीयहरुका लागि गाउँपालिका महत्त्वपूर्ण सुचना जानकारी पाउनको निम्ति विद्युतिय बोर्ड सञ्चालन गरिएको छ। गाउँपालिकामा पुष २७ गतेदेखि निरन्तर चालु भएको छ। सातै वडामा रहेका स्थानीय नागरिक लागि पालिकाका सूचना सजिलोसँग लिन विद्युतिय बोर्ड जडान […]
उमेश जङ्ग शाही ४ माघ बाजुरा – कर्णाली करिडोर सडक खण्डमा जिप यातायात व्यवसायीहरुले गाडीभाडा मनोमानी असुली गरेको पाइएको छ। कर्णाली करिडोरको कुल लम्बाइ ६ सय ८२ किलोमिटर छ । यो सडक बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, बाजुरा, हुम्लाको सिमकोट हुँदै चीनको सीमाक्षेत्र हिल्सासम्म पुग्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट हिल्सा पुग्न कुल लम्बाइ ४१० […]
बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा गाडी भाडादर दोब्बर असुली गर्दा प्रहरी प्रशासन द्वारा फिर्ता गरिएको छ। कोल्टी देखी धुलाचौर सम्म भाडादर जिल्ला प्रशासन कार्यालय तोकेको भन्दा दोब्बर असुली गर्दा धुलाचौर स्थायी प्रहरी चौकी इन्चार्ज चित्र बहादुर मल्लको टोली द्वारा पैसा फिर्ता गरि दिएको छ। पुष २८ गते बिहान भे १ ज १८५ बन्दबढी गाडी चालक धर्म […]