सेतीकर्णाली खबर उमेश जङ्ग शाही पौष २५ काठमाडौं । गायिका इन्दिरा शाह युनिकको आवाजमा सजिएको भावनात्मक गीत ‘आमा’ सार्वजनिक गरिएको छ। आमाप्रतिको माया, त्याग र सम्झनालाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले दर्शक–श्रोताको मन छोएको छ। गीतका शब्द प्रेम कटुवालले लेखेका हुन् भने संगीत हरी गिरी बिमर्शीको रहेको छ। गीतको निर्देशन जीवन शाहीले गरेका छन्। […]
सेतीकर्णाली खबर १९ पौष बझाङ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बझाङ जिल्लामा राजनीतिक सरगर्मी बढ्न थालेको छ । विभिन्न राजनीतिक दलबाट सम्भावित उम्मेदवारको नाम सार्वजनिक हुन थालेसँगै जिल्लामा चुनावी चर्चा चुलिएको छ । नेपाली कांग्रेसबाट युवा नेता अभिषेक सिंहको नाम अग्रपंक्तिमा आएको छ । संगठन विस्तार र […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही १९ पौष बाजुरा। बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर १ मा अवस्थित पिलुचौर बजार पछिल्लो समय व्यापार, धर्म र पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। कर्णाली नदीको तटमा अवस्थित यो बजार कुन्ना क्षेत्रकै प्रमुख व्यापारिक केन्द्रका रुपमा स्थापित हुनथालेको छ। पिलुचौर बजार धार्मिक दृष्टिले विशेष महत्व राख्दछ। यहाँ […]
सेतीकर्णाली खबर शारदा कुमारी शाही पौष ३ बाजुरा- बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. ३ स्थित बिहिवार जुकोट स्वास्थ्य चौकीको आयोजनामा रैथाने बालीमा आधारित मुख्यमन्त्री पोषण कार्यक्रम अन्तर्गत पोषण झोला वितरण गरिएको छ। कार्यक्रममार्फत ४५ दिनभित्रका ३ जना सुत्केरी महिला र २५ जना गर्भवती महिला लाई पोषण झोला वितरण गरिएको जुकोट स्वास्थ्य चौकीका […]
दोरेन्द्र खड्का बझाङ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति बझाङले पुस २ गते आयोजना गर्न लागेको एकता सन्देश सभाको तयारी अन्तिम चरणमा पुगेको छ। बझाङको सदरमुकाम चैनपुरमा हुने उक्त सभा भव्य र प्रभावकारी बनाउने गरी पार्टीले व्यापक तयारी गरेको छ। बझाङ जिल्लामा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत वामपन्थी दलहरूबीचको एकता र सहकार्यलाई सशक्त सन्देश दिने […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही २९मंसिर बाजुरा-बाजुराको कोल्टी–मार्तडी सडकखण्ड विकासको नाममा गरिएको बेवास्ताको जिउँदो प्रमाण बनेको छ। हिजो फेरि यही सडकमा यात्रुबाहक बस खोल्सामा अड्कियो। यो पहिलो घटना होइन, अन्तिम हुने संकेत पनि छैन। कहिले बस डिलमा झुन्डिन्छ, कहिले खोल्सामा फस्छ, कहिले दुर्घटनामा परेर नागरिकको ज्यान जान्छ। प्रश्न उठ्छ— कहिलेसम्म? सडक स्तरोन्नति बिना ठूला […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही १३ कार्तिक बाजुरा- लायन्स क्लब अफ काठमाडौं आबद्ध (क्लब नं. १५१६०९) द्वारा “बाजुरा सपोर्ट प्रोजेक्ट” अन्तर्गत विद्यालय पोशाक तथा वितरण कार्यक्रम सम्पन्न गरिएको छ। “Hope Beyond Hills: Supporting Bajura’s Women & Students” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रम अन्तर्गत बाजुरा जिल्ला स्वामिकार्तिक गाउपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई सहयोग सामग्री वितरण […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही, बाजुरा असोज ३० । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–३ बेर्मा बजार नजिकैको भलिया बगरमा यात्रुबाहक बस दुर्घटना भएको छ। हुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस आज दिउँसो करिब १२:११ बजे अनियन्त्रित भई कर्णाली करिडोर सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा तीन जना यात्रु घाइते भएका छन्। […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही साउन १६ बाजुरा– “कोदोयुक्त परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नारासहित प्रथम राष्ट्रिय कोदो दिवस स्वामिकार्तिक खापर गाउँपालिका सुइजिउला वाई, बाजुरामा भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजनामा (RERAS) परियोजना तथा Norway र UNDP को सहयोग रहेको थियो। कार्यक्रममा स्थानिय किसानहरू, जनप्रतिनिधि, […]
सेतीकर्णाली खबर उमेश शाही बाजुरा, साउन ८– बाजुरा- जिल्लाको हिमाली गाउँपालिका– वडा नम्बर ५ क्युडीबाट धुलाचौर तर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइतेको उद्दारको लागि गाउँपालिकाले हेलिकप्टर ल्याउने जिल्ला प्रसासन संग समन्वय गरिरहेको छ। जिप दुर्घटना सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने हिमाली गाउँपालिकाको […]