October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

चट्याङ लागेर चार चाैपाया सहित एक जनाकाे मृत्यु एकजना घाईते

  • सेती कर्णाली खबर
  • बुधबार, अशोज ९, २०८१ १६:0८
चट्याङ लागेर चार चाैपाया सहित एक जनाकाे मृत्यु एकजना घाईते

बाजुरा –बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  बुढिगंगा नगरपालिका-४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवाल रहेका छन् ।
उनको आज बिहान ३ बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।त्यस्तै गाैमुल गाउँपालिकामा पनि चट्याङ लागेर एक महिला घाईते भएकि छन् ।घाईते हुनेमा गाैमुल गाउपालिका वाड न ४काैडाकाेट कि साउनी राेकाया रहेकी छन् ।
उनलाई मंगलबार राति १२ बजेतिर चट्याङ लागेर घाईते भएकी उनका आफन्तले बताएका छन् ।

चट्याङका कारणले गर्दा साउनी राेकायाकै ४वटा बाख्रा मरेका छन भने साेहि टाेलका वडा सदस्य मंगल धामिकाे १ गाेरूसमेत मरेकाे छ । वडा अध्यक्ष अमर विकले बताएका छन् ।
चट्याङलागेर घाईते भएकि साउनी राेकायाकाे लाई वडा कार्यालयकाे टाेली र घटमुना प्रहरी चाैकीकाे टाेलिले नजिककाे घटमुना अस्पताल पुर्याएका थिय भने उनलाई त्यहा ठिक नहुने सम्भावना भयपछी जिल्ला अस्पताल बाजुरामा ल्यायका छन् ।उनकाे खुट्टामा चाेट लागेकाे छ ।उनकाे अहिले जिल्ला अस्पताल बाजुरामा उपचार भै रहेकाे छ ।

  • सेती कर्णाली खबर
  • बुधबार, अशोज ९, २०८१ १६:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट