October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा जिल्लाका विभिन्न स्थानिय तहमा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

  • सेती कर्णाली खबर
  • शनिबार, असार १५, २०८१ १६:१२
बाजुरा जिल्लाका विभिन्न स्थानिय तहमा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

जिल्ला का विभिन्न पालिका तथा स्थानिय तह हरुले आज आ आफ्नै ठाउमा २१ओैराष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन।

आज बिहान मार्तडी काे गणखेतमा धान राेपेर बाजुरा जिल्लाकाे समुकामारहेकाे मालिका नगरपालका ले धान दिवस तथा राेपाई महाेत्सव मनाएकाे थियाे भने जिल्लाका प्रत्यक पालका मा पनि धान राेपेर राेपाई दिवस मनाका छन् ।


कृषि ज्ञानकेन्द्र बाजुरा ,गिफ्ट नेपाल बाजुरा,बिश्वखाद्य कार्यक्रम मेरीक्याप्स र बडिमालिका सामुदायिक बिकास सञ्जाल बाजुराको सहयोगमा तथा बडिमालिका नगरपालिकाकाे आयोजना २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन। असार १५ अर्थात्, राष्ट्रिय धान दिवसमा खेतमा धान रोपेर कार्यक्रम गरी मनाएका छन। ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आज (शनिबार) २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन कर्मचारी एक जुट भएर एकै साथमा धान रोप्दै मनाइने गरेको स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ।

असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाएर रमाईलाे गरेर थकित शरीर लाई पनि अलि रमाईलाे गर्नेगरेकाे छ ।जुन असार महिनामा काम गर्दा गर्दै थाकेका किसान हरुलाई याेदिन अलि रमाईलाे गरेर मनाउने चलन रहेकाे हाे

  • सेती कर्णाली खबर
  • शनिबार, असार १५, २०८१ १६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट