October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जङ्गलमा आगलागी हुँदा स्थानीय द्रारा आगो नियन्त्रण

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ ३१, २०८१ 0८:४६
जङ्गलमा आगलागी हुँदा स्थानीय द्रारा आगो नियन्त्रण

सेतीकर्णाली खबर/बाजुरा- जङ्गलमा आगलागी हुँदा स्थानीय द्रारा आगो नियन्त्रण लिएका छन।

हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ नजिकै रहेकोे हातपसारे भन्ने ठाउँमा वन आगलागी हुँदा स्थानीय युवा र महिलाहरु जङ्गल गएर आगो नियन्त्रण गरिएको स्थानीय मोहन रावतले बताए। आगामी जङ्गल कस्ले लगाएको हो भन्ने एकिन हुन सकेको छैन।

युवाहरूको विशेष अगुवाइमा वनमा लागेको आगलागी ३ दिन निरन्तर गएर आगो निभाउन ठुलो कोसिस गरिएको छ। उक्त जङ्गलमा छिनी खानेपानी निर्माण योजना काम हुँदै गर्दा त्यसमा ल्याएको ६५ मिटर जति पाइप समेत जलेर नष्ट भएको झिनी खानेपानी निर्माण योजनाको उपभोक्ता समिति कोषाध्यक्ष मोहन रोकायाले जनाए।

वनमा आगलागी ठुलो जङ्गल क्षतिपूर्ती हुने खालको भएपछि खानेपानी योजना काम गर्न गएका कामदारलाई काम नगरेर आगो नियन्त्रण गरेबापत त्यो दिनको हाजिरी लगाइएको निर्माण योजना उपभोक्ता समिति अध्यक्ष मोहन रावतले बताएका छन।

आगलागी भएको करिब ९५ प्रतिशत आगो नियन्त्रण गर्ने काम गरिसकेको छ। जति आगो नियन्त्रण गर्न खोजे उत्तिकै पुनः आगो झिल्को उठेर जङ्गल ठाउँ ठाउँमा आगो बल्ने गरेको छ। हामी योजना समिति लगायत कामदार आगो नियन्त्रण गर्न आजसम्म निरन्तर लागिपरेको योजना उपभोक्ता समिति अध्यक्ष रावलले बताए।

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ ३१, २०८१ 0८:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट