October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २८, २०८१ १0:३४
सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने

काठमाडौं — क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरुमा सहभागी हुने भएका छन् ।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । उनी दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् ।

विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन ।

आईसीसीको समन्वयमा लामिछाने वेष्टइण्डिज जान लागेको क्यानका सचिव खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख  गरिएकाे छ।

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २८, २०८१ १0:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?