October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामीकार्तिक-३ मा आई.पि.भी. खोप अभियान सञ्चालन

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ १४, २०८१ 0३:१५
स्वामीकार्तिक-३ मा आई.पि.भी. खोप अभियान सञ्चालन

सेतीकर्णाली खबर,बाजुरा- स्वामीकार्तिक खापर गाउँपालिकामा वडा नम्बर ३ मा पोलियो रोग विरुद्धको आईपिभी खोप अभियान सञ्चालन गरिएको छ।

२०८१ यही जेठ १३ गते अर्थात आइतवारदेखि जेठ २६ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आईपिभी खोप अभियान पालिका भरी सञ्चालन ल्याएको छ।

जुकोट स्वास्थ्य चौकि आइतबार देखि आई. पि. भी खोप अभियान स्वस्थ्य कर्मीको टोलि खटिएको छ। आई. पि. भी. खोप अभियान २०७३ बैशाख देखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउने गरिरहेको छ। आई. पि. भी. खोप अभियानमा वडाका भित्र रहेका बालबालिकाहरुलाई खोप लगाइने गरेको जुकोट स्वास्थ्य कौकी इन्चार्ज कमल कटेलले बताएका छन। खोप केन्द्रमा खोप लगाउन छुटेका बालबालिकालाई जेठ २६ गतेसम्म बालबालिकालाई पायक पर्ने खोप केन्द्रमा खोप लगाइने भएको छ ।

वडामा ६ वटा खोप केन्द्र मध्य चाखुडेथला आधारभुट बिधालय जोरुमा २१ जना भैरबनाथ आधारभुट बिधालय ठुलापाटा २० जना र मोहनमह आधारभूत बिधालय जुकोट ३ जना सहित ४४ जना जम्मा बालबालिकाहरु खोप लगाएको छ। भने ३ वटा खोप केन्द्रमा आज सुरुवात गरिने भएको छ। २०७१ साल असोज महिनाबाट सुरु भएको हो। दोस्रो वर्ष नबित्दै विश्व बजार आई. पि. भी. अभावको कारणले खोप आपूर्ति गर्न समस्याका कारणले २०७३ बैशाख देखि २०७५ भदौ महिना सम्म खोप छुट्टेका बालबालिका लाई खोप लगाउन क्याम्प राख्ने मुख्य उद्देश्य रहेकोे हो।

पोलियो संक्रमण रोग घटाउन यो अभियान सुरु गरिएको छ। हामीले ६ , १० हप्ता र ९ महिना बालबालिकालाई नियमित खोप लगाइन्छ। राष्ट्रिय प्राथमिकता कार्यक्रम दोस्रो बाल्य शिशु दर घटाउने र पोलियो रोगबाट मृत्यु हुने कतिपय बालबालिका पक्षघात बच्नका लागि खोप सञ्चालन गरिएको जुकोट स्वास्थ्य चौकि इन्चार्ज कटेलले बताएका छन।

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ १४, २०८१ 0३:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट