October 21, 2024 | सोमवार, कार्तिक ५, २०८१

बल्खुमा प्रसाईंका कार्यकर्ताले निहुँ खोज्दा : प्रहरीद्वारा अश्रुग्यास प्रहार

  • सेती कर्णाली खबर
  • बिहिबार, मंसिर ७, २०८० 0९:२२
बल्खुमा प्रसाईंका कार्यकर्ताले निहुँ खोज्दा : प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेका छन्।

यसअघि सोही स्थानमा दुर्गा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबिच झडपसमेत भएको थियो ।

बल्खुमा गरेको प्रदर्शनमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही (ज्ञानबहादुर) पनि सहभागी भएका छन् ।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनपछि आयोजना हुने कार्यक्रमलाई राप्रपा प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक शाहीले पनि सम्बोधन गर्नेछन् ।

जिल्ला प्रशासन कार्यालयले प्रसाईं समूहलाई बल्खुमा कार्यक्रम स्थान तोकिदिएको छ । प्रसाईं समूहको कार्यक्रमलाई काउन्टर दिन एमालेनिकट युवा संघ नेपाल र अनेरास्ववियुले पनि संयुक्त रूपमा काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । युवा संघ र अनेरास्ववियुलाई प्रशासनले कार्यक्रम गर्न तीनकुने क्षेत्र तोकिएको छ ।

 

  • सेती कर्णाली खबर
  • बिहिबार, मंसिर ७, २०८० 0९:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट