October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

छेडेदह पांचाै कपकाे द्धित्तिय पुरस्कार बिनय शाहले ब्यक्तिगत रुपमा दिने भएका छन्

  • सेती कर्णाली खबर
  • शनिबार, कार्तिक ११, २०८० १0:0८
छेडेदह पांचाै कपकाे द्धित्तिय पुरस्कार  बिनय शाहले ब्यक्तिगत रुपमा दिने भएका छन्
  • बाजुरा – पाँचौ छेडेदह कपको द्धित्तिय पुरस्कार विनय शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गरेका छन् ।छेडेदह स्पोट्र्स क्लवको आयोजनामा विजया दशमी तथा शुभदिपावलीको अवसरमा कार्तिक ११ देखि आयोजना हुन् लागेको उक्त कपको द्धित्तिय पुरस्कार १ लाख २५ हजार २ सय २५ रूपैयाँ युवा नेता शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गरेको जनाएकाे छ।शाह युवासंघ का सचिब समेत रहेका आयोजक क्षेडेदह स्पोर्ट्स क्लबले जानकारी गराएको छ।
    युवा माझ अति लोकप्रिय नेताको रुपमा परिचित रहेका शाहले बाजुराको खेल क्षेत्रको विकाससंगै आयोजनालाई थप सहज र आकर्षक बनाउन सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ
    प्रतियोगिता खप्तड छेडेदह गाउँपालिका ७ स्थित दशरथ माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुदै आएको छ । सुन्दर नगरीमा हरेक वर्ष खेल पर्व, खप्तड छेडेदहको पहिचान र गर्व भन्ने नारा दिएर प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

    खप्तड छेडेदहकाे गा पा काे आटीचौरलाई खेल नगरीको रुपमा विकास गर्न र समग्र खेल क्षेत्रको विकास प्रवद्र्धनमा सघाउ पुर्याउने लक्ष्य सहीत प्रतियोगिता आयोजना गर्ने गरिएको क्लबका खेल संयोजक कृष्ण ओलीले बताएका छन् ।यो वर्ष खेलमा वेष्ट पिलियर, राइजिङ पिलियर, वेष्ट किपर, वेष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पनि पुरस्कार सहीत मेडल र प्रमाण दिईने छ । खेल क्षेत्रको विकास र खेल प्रति युवा आकर्षण बढाउन क्लबले रहेक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
    खेल एन्फाकै रेफ्रीद्धारा खेलाइने छ । भने देशका जुनसुकै क्षेत्र र जिल्लाबाट पनि भाग लिन पाउने गरि आयोजना हुन लागेको छ । खेलमा यो वर्षदेखि विदेशी खेलाडी पनि समावेश गर्न पाउने मापदण्ड बनाइएको छ । १८ जना खेलाडी, म्यानेजर र प्रशिक्षण गरि २० जना टिममा रहने छन् ।खेलकुद खप्तडछेडेदहकाे सानो उपत्यका सहीतको सुन्दर तथा रमणिय क्षेत्र टीचौरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न र छेडेदह ताल, बढालेक क्षेत्र, डाँडासैन, बथानलेख र कुडीकोट दरबारको पर्यटकीय क्षत्रमा प्रबद्दन गर्नकाेलागी टेवा पुग्ने विश्वास रहेकाे वडा अध्यक्ष खगेन्द्र रावतले जनाएका छन् ।
    खेलखेल्न फाेटो सहीतको फारम अनिवार्य भरेर टिममा सहभागि खेलाडीको नागरिकता वा परिचय खुल्ने परिचय पत्र अनिवार्य राख्नु पर्ने र अनुशासन बाहिर रहेर खेल्ने र रेफ्री र आयोजकको निर्णयलाई अवेज्ञा गर्ने टिमलाई खेलबाट नै आउट गर्ने नियम बनाएको छ ।आयोजकले टिम दर्ता शुल्क १२ हजार र धरौटी शुल्क ३ हजार लिने छ । राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ एन्फाकै प्रतिनिधी रहने खेलमा करिब ५ सय बढी खेलाडी र हजारौको संख्यामा दर्शकहरुले खेलको अवलोकन आयोजकले अनुमान गरेको छ ।

खेल प्रयोजन गर्न मुख्य प्रयोजकका लागि २ लाख ५० हजार तोकिएको छ । भने व्यक्तिगत व्यानर र प्रचारका लागि ३० हजार तोकिएको छ । लगानी गर्ने निकायले इच्छाएको शब्द वा लोगो पदर्शन गर्न पाउने छन् । आवश्यक व्यानर, पर्चा, पप्लेटद्धारा विज्ञापन गर्न पाउने, प्रवद्र्धनका क्रियाकलाप समेत गर्न पाउने सुविधा दिइएको छ ।

  • सेती कर्णाली खबर
  • शनिबार, कार्तिक ११, २०८० १0:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट