October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

प्रेसचाैतारी अध्यक्ष ओली प्रेस काउन्सिल युवा पत्रकार पुरस्कारबाट सम्मानीत

  • सेती कर्णाली खबर
  • आइतवार, अशोज ७, २०८० 0८:२६
प्रेसचाैतारी अध्यक्ष ओली प्रेस काउन्सिल युवा पत्रकार पुरस्कारबाट सम्मानीत
  1. असाेज ७
    बाजुरा– प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा रेडियो बाजुराका प्रबन्धक कृष्ण ओली पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालले पत्रकार ओलीलाई   युवा पत्रकार पुरस्कारबाट पुरस्कृत गरेर सम्मानीत  गरेको हो । हिजो सनिबार का दिन आयोजित एक कार्यक्रममा विच ओली सहित १९ जना पत्रकार युवा पत्रकार पुरस्कारबाट पुरस्कृत भएका हुन ।
    प्रेस काउन्सिल नेपालको ५४ औं बार्षिक उत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेको उपस्थितिमा भएको कार्यक्रमा सुदुरपश्चिम प्रदेशबाट श्याम भट्ट, मीन ठकुरी, नरेन्द्र कार्की, चाँदनी आचार्य लगाएतका पत्रकार पुरस्कृत भएका हुन ।
    ओली लामाे समय देखि पत्रकारीता क्षत्रमा कलम चलाई रहेका छन् ।उनले बजुरेली जनताकाे पक्षमा ओकालत गरेर कलम चलाई राखेका छन् ।

पत्रकार ओली आर्थिक सामाजिक तथा राजनैतिक सास्कृतिक विषयमा कलम चलाउन अब्बल युवा पत्रकार हुन । पत्रकार ओली रेडियो बाजुराका प्रबन्धक, नागरिक दैनीकका बाजुरा सम्वाददाता सुदुर संसार अनलाईनका संचालक र प्रेस चौतारी नेपालका सुदुरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका छन्  ।

  • सेती कर्णाली खबर
  • आइतवार, अशोज ७, २०८० 0८:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट