October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जिल्ला अस्पतालका प्रमुखले एक हप्ताभित्र जिल्ला छाड्न एमाले निकट युवा विद्यार्थीको माग

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ ३, २०८० 0६:१७
जिल्ला अस्पतालका प्रमुखले एक हप्ताभित्र जिल्ला छाड्न एमाले निकट युवा विद्यार्थीको माग

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववीयु बाजुराका युवा विद्यार्थीले जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन जोशीलाई १ हप्ता भित्र जिल्ला छाड्न कार्यकक्षमै पुगेर चेतावनी दिएका छन् ।
एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियु बाजुराका युवा विद्यार्थीहरुले आज जिल्ला अस्पताल बाजुरामा पुगेर निमित्त कार्यालय प्रमुख जोशीलाई १ हप्ताभित्र जिल्ला छाड्न चेतावनी दिएका हुन् ।
जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख जोशीले जिल्ला अस्पतालमा आउने विरामीहरुलाई सेवा दिनुको साटो खुलेयाम राजनीति गर्ने थलोको रुपमा अस्पताल संचालन गरिरहेको एमाले निकट युवा र विद्यार्थीले आरोप लगाएका छन् ।
स्वास्थ्य जस्तो अति संम्वेदनशिल ठाउँमा कार्यालय प्रमुख जोशी र अस्पताल ब्यबस्थापन समितिको चरम लापरबाहीले बाजुराका विरामीहरुलाई समस्या परेको राष्ट्रिय युवा संघ नेपाल बाजुराका अध्यक्ष मिलन जंग अयडीले बताएका छन् ।
पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा देखिएको लापरबाही र संस्थागत रुपमा जनताको स्वास्थ्य माथी खेलवाड भएको भन्दै अनेरास्ववियु र युवा संघ नेपाल बाजुराका युवा विद्यार्थीहरुले ७ बुदे ध्यानाकर्षण पत्र मार्फत कार्यालय प्रमुख जोशीलाई चेतावनी दिएका हुन् ।
अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालको सयुक्त ध्यानाकर्षण पत्रमा भनिएको छ जिल्ला अस्पताल बाजुरामा बिषशेज्ञ चिकित्सकीय सेवाको सुनिश्चितता गरियोस, जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख कार्यालय समयमा उपस्थित नुहने, मदिरा सेवन गरि कार्यालयमा उपस्थित हुने र स्वास्थ्य सेवामा गम्भिर लापरबाही गरिरहेको अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन जोशीको अनैतिक, भ्रष्ट र सेटिङ ब्यवहारका कारणले जिल्ला अस्पतालमा आएका एमडिजिपी डाक्टरलाई रातारात जिल्ला छाड्नु पर्ने स्थिती श्रृजना भएकोले कार्यालय प्रमुख जोशीले एक हप्ताभित्र जिल्ला अस्पताल छोडेर जानुपर्ने अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालले चेतावनी दिएको हो । कार्यालय प्रमुख जोशीले एक हप्ताभित्र जिल्ला अस्पताल छोडेर अस्पतालको सेवा प्रभाहमा सहयोग पुर्याउनुपर्ने अनेरास्ववीयुका जिल्ला सचिव हिक्मत रोकायाले बताएका छन् ।
यता जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन जोशीले भने एमाले निकट युवा र विद्यार्थीले आफुमाथि लगाएको आरोप सत्य नभएको दावी गरेका छन् । आफुलाई कमजोर पार्न अस्पताल जस्तो ठाउँलाई राजनीति करण गरेर विरामीहरुलाई सेवा दिन आफुलाई समस्या भएको बताएका छन् ।

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ ३, २०८० 0६:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट