October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

भोजपुरी मोडल, डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान कतार पुगिन

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन ४, २०७९ 0४:0४
भोजपुरी मोडल, डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान कतार पुगिन

दोहा – भोजपुरी मोडल, डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान कतार आईपुगेकी छन।

भोलि शुक्रबार हुने सांगीतिक  प्रस्तुतिका लागि पासवान  विहान १:५५ बजे दोहा अवतरण गरेको द टनेल लन्च एन्ड क्लबका व्यवस्थापक सुरज शर्मा अधिकारीले जानकारी दिएका छन ।

द टनेल लन्च एन्ड क्लबमा दिनको १ बजे देखि हुन लागेको म्युजिकल इन्टरटेनमेन्ट कार्यक्रमका लागि आएकी पासवानलाई आयोजक समितिका प्रतिनिधिहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको कार्यक्रम  संयोजक  शुलभ चन्द ठकुरीले जानकारी दिएका छन।

१७ फेब्रुअरी २०२३ शुक्रबारका दिन हुने म्युजिकल इन्टरटेनमेन्ट कार्यक्रममा डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान, भोजपुरी गायक मनिस कुमार गोस्वामी, चर्चित आधुनिक गायक द्वय गोबिन्द गुरुङ र अमृत कुरुङ्बाङको प्रस्तुति रहने छ ।

त्यस्तै कार्यक्रममा कलाकार द्वय जितेन्द्र पासवान र राजकुमार पासवान समेतको प्रस्तुति रहने कार्यक्रमको सह आयोजक काठमाडौं म्यूजिकल ब्याण्ड रहेको ब्याण्डका व्यवस्थापक रोशन अर्यालले जानकारी दिएका छन ।

क्लबका व्यवस्थापक अधिकारीले एक सुचना जारी गरि उक्त कार्यक्रममा उपस्थित भै भव्यरुपमा सफल पारिदिनुहुन  कतारमा रहेका  नेपाली समुदायलाई विशेष आग्रह गरेका छन् ।

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन ४, २०७९ 0४:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट