October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

वडा सचिव वडालाई जानकारी नदिई फरार , हाजिरीमा पनि जम्मा ८ दिन मात्र उपस्थिति देखियाे

  • सेती कर्णाली खबर
  • बुधबार, अशोज १२, २०७९ 0५:0८
वडा सचिव वडालाई जानकारी नदिई फरार , हाजिरीमा पनि जम्मा ८ दिन मात्र उपस्थिति देखियाे

बाजुरा-जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका वडा नंः३ का वडा सचिव गजेन्द्र राेकाया वडामा जानकारी नदिई फरार भएका छन । गत साेमबार गाउँपालिका बाट फरार भएका बताईएकाे छ । गाउँपालिका र वडामा कसैलाई पनि थाहा नदिई फरार भएका वडा नंः ३ का वडा अध्यक्ष बिर्क बहादुर रावतले बताएका छन ।

त्यस्तै सचिव राेकायाकाे न्युक्ति भए देखि अहिले सम्म जम्मा ८दिन मात्र हाजिरी देखिएकाे छ । वडामा कहिलेकाहीँ आउने आएपनि केही काम नगर्ने गरेकाे वडा अध्यक्ष रावतकाे भनाई रहेकाे छ ।वडा सचिव वडामा दैनिक उपस्थिति नहुदा वडामा विभिन्न कामहरुकाे लागि आउने नागरिकहरुलाई समस्या भईरहेकाे स्थानीयहरुले बताएका छन ।

अहिले सचिवले गर्ने काम लेखापाल सुरेन्द्र रावतले गरिरहेकाे बताए । सचिव राेकाया अहिले ससुराली डाेटीमा हुनसक्ने आसंका गरिएको छ । खप्तड छेडेदह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जाेसीले भने सचिव राेकायाले कसैलाई जानकारी नदिएकाे तर दशै बिदामा आफ्नाे घर गएका दावी गरेका छन ।

सचिव राेकायाले वडामा यस्ताे मनपरि गरिरहदा समेत सम्बन्धित निकायले वास्ता नगरेकाे स्थानीयहरुले गुनासाे गरेका छन । साभार -badimalikakhabar.com

  • सेती कर्णाली खबर
  • बुधबार, अशोज १२, २०७९ 0५:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट