October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बिहीवार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हल्का वर्षाको सम्भावना

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र १०, २०७८ 00:0६
बिहीवार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हल्का वर्षाको सम्भावना

काठमाडौ ,बिहिवार पश्चिमी  न्यूूूूूूूूनचापिय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार बिहीबार पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र १०, २०७८ 00:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट