October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

समाज सेवी पत्रकार खेम बम क्यासनेप फाउण्डेशन द्वारा सम्मानित

  • सेती कर्णाली खबर
  • शनिबार, पुस ३, २०७८ १६:४0
समाज सेवी पत्रकार खेम बम क्यासनेप फाउण्डेशन द्वारा सम्मानित

काठमाडौं । पत्रकार एवम् समाजसेवी खेम बमलाइ क्यासनेप फाउण्डेशनले क्यासनेप एप्स उद्घाटन समाराेहमा सम्मान गरेकाे छ । समाजका विभिन्न अंगमा शालीन रुपमा उत्रिएका पत्रकार बम

डोटीको ग्रामिण भेकमा जन्मिएका बम ६ वर्षदेखि काठमाडौंमा पत्रकारिता गर्दै अाउनु भएकाे छ। शुरुमा काठमाडौंमा धेरै मेहनत गरेर उदाएका बम अहिले जनता टेलिभिजनमा काम गरिरहनु भएकाे छ ।

क्यासनेप फाउण्डेशनले बमको सामाजिक सेवालाई सम्मान गर्दै उहाँको प्रगतिको लागि कामना गरेको छ । मुलुकमा विद्यमान अवस्थालाई हेरेर बमले फरक पत्रकारिता गर्न खोज्नुभएको छ । अहिले चर्को स्वरले बोलेर गलत मुद्धामा बहस गरेर चर्चा कमाएका पत्रकार मध्ये बम फरक रुपमा पत्रकारिता गरिरहनु भएको देखिन्छ ।

सिन्धुपाल्चोकको हेलम्बुमा विपत आएपछि पहिलो पटक गएर त्यहाँका जनतालाई राहत प्रदान गरेका बमलाई तत्कालीन स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले धन्यवादका साथै सम्मान व्यक्त गर्नुभएको छ । कम बोल्ने र बढी गर्ने स्वभावका बमलाई पत्रकारिताको क्षेत्रले कुनै दिनमा उच्च मुल्यांकन हुने बढ्रदाे सम्भावना छ।

बमले आगामी दिनमा ग्रामिण भेकबाट आएका युवाहरु लक्षित स्वरोजगार कार्यक्रम गर्ने जानकारी गराउनु भएकाे छ । नेपालको पत्रकारितालाई सही बाटाेमा ल्याउने उहाँको लक्ष्य रहेकाे छ । अाेके जनता

  • सेती कर्णाली खबर
  • शनिबार, पुस ३, २०७८ १६:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट