बझाङ । जयपृथ्वी नगरपालिका वडा नं. ३ निवासी विष्णु खड्का आगलागीबाट घरबारविहीन बनेपछि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। यसै क्रममा भारतको ब्यङ्लोरमा रहेका पडेस बासिहरूकाे साझा संस्था पडेस प्रवास एकता समाज ब्यङ्लोर ले पीडित खड्का परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। गत बिहीबार विष्णु खड्काको घरमा अचानक आगलागी हुँदा घर तथा घरभित्र […]
बझाङ, असार ३। बझाङको बित्थडचिर गाउँपालिका–४ मा रहेको देवशरी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री, आर्थिक सहयोग तथा लत्ताकपडा वितरण गरिएको छ। विद्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रमका बीच बित्थडचिर गाउँपालिका–६ का वडा हरिश अध्यक्ष खड्काले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो। वडा अध्यक्ष खड्काले आफ्नो एक वर्षको सेवा–सुविधाबाट प्राप्त हुने रकमको १० प्रतिशत […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही १३ जेठ बाजुरा — बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकालाई जोड्ने कर्णाली नदीमा पानीको बहाव बढेसँगै गाडी तार्ने किस्ती (फेरी सेवा) पुनः प्रभावित भएको छ। वर्षायाम सुरु भएसँगै नदीमा बहाव बढ्दा सवारी साधन वारपार गराउने सेवा अवरुद्ध हुँदा स्वामिकार्तिक खापर गाउँपालिकाका पाँच वटै वडामा यातायात तथा ढुवानी सेवा ठप्प […]
सेतीकर्णाली खबर – २५ जेठ बाजुरा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी बाजुराको प्रथम जिल्ला अधिवेशनबाट सोमबार नयाँ कार्य समिति चयन गरिएको छ । जिल्ला कार्य समितिको नयाँ कार्य समितिको सभापतिमा नवराज जैशी पुनः निर्वाचित भएको निर्वाचन समिति संयोजक शंकर गिरीले बताउनु भएको छ । रास्वपाको प्रथम जिल्ला अधिवेशनपछि जिल्ला कार्य समितिको सर्वसम्मत रुपमा जैशी सभापति रहने […]
बझाङ, जेठ २२ – बझाङ जिल्लाको फुटबल विकासका लागि ऐतिहासिक कदमस्वरूप पहिलो पटक ANFA Community Coaching Course सञ्चालन हुने भएको छ। बझाङ जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रशिक्षण कार्यक्रमले जिल्लामा दक्ष फुटबल प्रशिक्षक उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। बझाङ जिल्ला फुटबल संघले सार्वजनिक गरेको सूचनाअनुसार अखिल नेपाल फुटबल संघ […]
बाजुरा, असार ९ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा गाउँ सभाको १८औँ गाउँ अधिवेशन सम्पन्न गरिएको छ । “उद्यमशीलता, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, कृषि र खेलकुद—समृद्ध स्वामीकार्तिक खापर” भन्ने पवित्र र दूरदर्शी संकल्पका साथ स्वामीकार्तिक खापर गाउँपालिकाको १८ औँ गाउँसभा भव्य रूपमा सम्पन्न भएको छ । जनताको आशा, अपेक्षा र विकासप्रतिको गहिरो विश्वासलाई आत्मसात गर्दै पञ्चायती […]
सेतीकर्णाली खबर बाजुरा, असार ९ – जगन्नाथ गाउँपालिकाले कृषि उत्पादन, उद्यम विकास र आयआर्जनलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको दोस्रो गाउँसभा तथा १८औँ अधिवेशनमार्फत अध्यक्ष कालीबहादुर शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। गाउँपालिकाको मूल नारा “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार– जगन्नाथ गाउँपालिकाको […]
सेतीकर्णाली खबर उमेश जंग शाही बाजुरा, असार १० – स्वामिकार्तिक खापर गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४४ करोड १६ लाख २ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको छ। गाउँसभामा उपाध्यक्ष सुलोचना भण्डारीद्वारा प्रस्तुत चालु आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाको कुल विनियोजित बजेट ३८ करोड ३ लाख ६७ हजार १ सय ६९ […]
बाजुरा, असार १० – जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा अन्तर्गत १८औँ अधिवेशनले आर्थिक वर्ष २०८३/०८४ का लागि ३८ करोड ६३ लाख १ हजार रुपैयाँ बराबरको बजेट तथा नीति–कार्यक्रम पारित गरेको छ। गाउँसभा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष काली बहादुर शाही ले सभामा बजेट प्रस्तुत गर्दै सामाजिक न्याय, सुशासन, पूर्वाधार विकास, आर्थिक समृद्धि तथा नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा […]