काठमाडौँ। नेकपा एमालेको नेतृत्व चयनको लागि भृकुटीमण्डपमा जारी निर्वाचनमा १ हजार ९ सय ८२ मत खसेको छ ।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले दिएको पछिल्लो जानकारी अनुसार बिहीबार बिहान ४ बजेसम्म १ हजार ९ सय ८२ मत मात्र खसेकाछ न्
जम्मा २ हजार २ सय ६३ मतदाता रहेकोमा अब २ सय ८१ मत खस्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार बिहान ६ बजेसम्ममा मतदान कार्य सम्पन्न हुने अनुमान गरिएको छ ।

हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष पदका लागी छुट्टा–छुट्टै प्यानलसहित चुनावी मैदामा उत्रिएका छन् । ( राताेपाटी)