बाजुरा—जेनजी आन्दोलनमा गएका बाजुराका एक युवा वि एण्ड बि अस्पतालमा मृत अवस्थामा भेटिएका छन । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर २ सुपानाका २३ बर्षका ओब्जन बुढा ४ दिनदेखि सम्पर्कविहीन भएका थिय।
यहीँ भदौ २३ गते संघीय राजधानी काठमाडौंमा जेनजी युवाहरुको आन्दोलन सहभागी भएका बुढा अन्तत बि एण्ड बि हस्पिटलमा मृत अवस्थामा भेटिएको मृतक बुढाका दाई कपुर बुढाले फेसबुक सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन। बि एण्ड बि अस्पतालले आफन्तलाई फेसबुकमा मृतकको पहिचान गरि सम्पर्कमा आउन अनुरोध गरेको बताइएको छ।
यस्तो छ बि एण्ड बि अस्पतालको स्टाटस
“हालैको जेन Z को प्रदर्शनका क्रममा घाइते एक व्यक्तिलाई बी एण्ड बी अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल पुर्याउँदा उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो। उपचारका क्रममा अत्यधिक प्रयास गरिए पनि दुर्भाग्यवश उहाँको निधन भएको छ।
यसकारण उहाँको परिवारजनसम्म यो सन्देश छिट्टै पुग्न सकोस् भन्ने उद्देश्यले, कृपया यो तस्वीर सक्दो शेयर गरिदिनुहोस्।
बी एण्ड बी अस्पताल परिवारको तर्फबाट दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं। मृतक बुढाको फोटो सहित भनेर सार्वजनिक गरेको थियो ।