March 12, 2025 | बुधबार, फाल्गुन २८, २०८१

बाजुरामा जिल्ला स्तरीय १५ ओैं राष्ट्रपति रनिङ शिल्ड पुर्वप्रदेश प्रमुख जोशीद्वारा उद्घाटन

  • सेती कर्णाली खबर
  • सोमवार, फाल्गुन १२, २०८१ २३:१२
बाजुरामा जिल्ला स्तरीय १५ ओैं राष्ट्रपति रनिङ शिल्ड पुर्वप्रदेश प्रमुख जोशीद्वारा उद्घाटन

  सेतीकर्णाली खबर

१३फागुन बाजुरा-  बाजुरामा जिल्ला स्तरीय १५ ओैं राष्ट्रपति रनिङ  शिल्ड खेलको उद्घाटन सोमबार सुदूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख देवराज जोशीले  गरेका छन् ।

जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा उक्त प्रतियोगिता सूरु भएको हो ।

३ दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि स्थानीय तहका खेलाडीहरुलाई प्रतिष्पर्धा गराईने जिल्ला खेलकुद समिति बाजुराले जानकारी दिएको छ ।
प्रतियोगितामा लमजम्प, हाइजम्प, ट्रिपल जम्प, १ सय मिटर, २ सय मिटर, चार सय रिले, ८ सय मिटर, १५ सय र ३ हजार मिटर दौड,भलिवल छात्रछात्रा,कबड्डी लगायतका खेल संचालन हुने जिल्ला खेलकुद विकास समिति बाजुराका अध्यक्ष राकेश थापाले जानकारी दिएका छन् ।

प्रतियोगिता बुढीगंगा नगरपालिकाको भानोदय माद्यमिक विद्यालयको खेलमैदानमा संचालन भएको छ । प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहका विद्यार्थीहरु सहभागि भएका छन् ।

जिल्ला खेलकुद समितिका अध्यक्ष राकेश थापाको अध्यक्षतमा संचालन भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथी रहेका छन् ।

कार्यक्रममा पुर्व उद्योगमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा,पुर्व प्रतिनिधी सभाका सदस्य लालबहादुर थापा,संविधान सभाका पुर्व सदस्य बसुन्धरा रोकाया विशिष्ट अतिथी रहेका थिए ।

यस्तै जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया,९ वटै स्थानीय तहका प्रमुख उप प्रमुख, अध्यक्ष उपाध्यक्ष,प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याय,नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटी,जिल्लास्थित राजनितिक दलका प्रमुख,नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष सहित पत्रकारहरु, सहित सुरक्षा निकायका प्रमुख लगायत अतिथी रहेका थिए ।

 

  • सेती कर्णाली खबर
  • सोमवार, फाल्गुन १२, २०८१ २३:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट