सेतीकर्णाली खबर
उमेश जङ्ग शाही पौष ९ बाजुरा– जगन्नाथ गाउपालिकामा गएको भुकम्पबाट ५सय६८ घर ,२० सरकारी भवनमा क्षति पुगेको छ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार मिति २०८१ पौष ६ गते बिहान ४:१४ बजेको समयमा बाजुरा जिल्ला जगन्नाथ गाउपालिकाको वडा नं ५ गोत्रि केन्द्रविन्दु भएर गएको ५.२रेक्टर भुकम्पबाट जगन्नाथ गाउँपालिका वडा नं.१ देखि ६ वडा सम्म भएको भौतिक क्षतिको विबरण नेपाल प्रहरी र जनप्रतिनिधि र रेडक्रस जगन्नाथ साखाको तथ्यांक संकलन पश्चात् वडा विपद व्यवस्थापन समितिको निणर्यको आधारमा प्राप्त भएको तथ्यांकले क्षतिको बिबरण पुष्टि गरेको छ। विभिन्न समुहमा विभाजन गरि गाउँ कार्यपालिका र जिल्ला विपद व्यवस्थापन समितिमा आवश्यक सहयोग र घर निर्माणको लागि पहल गर्ने निर्णय भएको जगन्नाथ गाउपालिका विपद व्यवस्थापन फोकल व्यक्ति निरेस कट्टेलले सेतिकर्णाली खबरलाई बताए ।
भुकम्पले क्षति गरेका घर, भत्केका , बस्ननमिल्ने अति जोखिम अवस्थामा रहेका घरलाई पुर्ण क्षति र घर चर्केका , नभत्केका(फुटेका) दरा आएका अवस्थाका घरलाई आंशिक क्षेति गरि दुइ समुहमा विभाजन वडा विपद व्यवस्थापन समितिले गरेको छ। १ वडा देखि ६ वडा सम्म पुर्ण क्षति भएका १०८ घर, एक विधालय, एक स्वास्थ्य चौकि र एक वडा कार्यालय रहेका छन भने आंशिक क्षेती तर्फ ४६० घर , १० वटा विधालयका भवन ४ वटा स्वास्थ्य चौकि र ३ वटा वडा कार्यालयमा आंशिक क्षति भएको र राहत तथा पुन: निर्माणको लागि केन्द्र , प्रदेश तथा जिल्लामा क्षेतिको बिबरण पठाइसकेको जगन्नाथ गाउँपालिका निमित्त प्रशासकीय अधिकृत रवीन्द्र शाहीले सेतीकर्णाली खबरलाई बताए।
गत पौष६ गतेको गएको भुकम्पबाट जगन्नाथ गाउँपालिका वडा १ देखि६ वडा सम्म भुकम्पले भौतिक क्षति भएका नागरिकहरुलाई नेपाल सरकारका विभिन्न निकाय र दातृ संस्थाकोहरुबाट राहत सामाग्री प्राप्त भइरहेको र हुनेक्रम जारी रहेकाले सो राहत सामाग्री पिडितव्यक्तिहरु सम्म पुर्याउनको लागि एकद्वार प्रणाली मार्फत नदोहोरिने गरि वितरण गर्नको लागि वडा विपद व्यवस्थापन समिति, जनप्रतिनिधि सुरक्षा निकाय र रेडक्रसको प्रतिनिधि र विपद फोकल व्यक्तिको रोहबरमा राहत सामाग्री बितरण गर्ने सोमबार गाउपालिका अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा बसेको दैवीप्रकोप विपद व्यवस्थापन समितिको बैठकले निर्णय गरेको जगन्नाथ गाउँपालिकाले जनाएको छ।