October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हृदयघातका कारण स्वास्थ्यकर्मि प्रेमकला मल्लको मृत्यु

  • सेती कर्णाली खबर
  • बिहिबार, कार्तिक १, २०८१ १६:२१
हृदयघातका कारण स्वास्थ्यकर्मि   प्रेमकला मल्लको मृत्यु

पवनराज उपाध्या
कार्तिक १
बाजुरा– बाजुरा जिल्लाको अति दुर्गममा रहेको हिमाली गाउँपालिकाको बिच्छ्या स्वास्थ्य चौकीमा कार्यरत नर्सिङ अधिकृत  प्रेमकला मल्लको ५२ बर्षकाे उमेरमा निधन भएको छ । ३० बर्षदेखी दुर्गम गाउँ हिमालीमा कार्यरत नर्सिङ अधिकृत मल्लको हृदयघातका कारण मृत्यू भएको हो ।

बाजुरा नजिकै हुम्लामा दिदीको घरमा गएको बेला एकाएक बिरामी भएकी र हिमाली गाउँपालिकाकाे समन्वयमा कोल्टी आधारभुत अस्पतालमा पुर्याउनै लाग्दा मृत्यु भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताएका छन ।

नर्सिङ अधिकृत मल्लले हाल केही समय देखी हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुखकाे जिम्मेवारी समाल्दै आएकी थिइन् ।  बाजुराको अति विकट बिच्छ्या घरघरमा पुगेर सेवा गरिरहेकी अनमी मल्लको निधनले हिमाली गाउँपालिका शोकमग्न बनेको छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, कार्तिक १, २०८१ १६:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट