October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नारयणगढ मुग्लिन सडक खण्डमा पहिराेमा परि दुई वटा बस सहित ६५ जना बेपत्ता तीन जनले हाम फालेर ज्यान जाेगाउन सफल

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार २८, २०८१ 0९:२७
नारयणगढ मुग्लिन सडक खण्डमा पहिराेमा परि दुई वटा बस सहित ६५ जना बेपत्ता  तीन जनले हाम फालेर ज्यान जाेगाउन सफल

नारयणगढ मुग्लिन सडक खण्डमा पहिराेमा परि दुई वटा बस सहित ६५ जना बेपत्ता तीन जनले हाम फालेर ज्यान जाेगाउन सफल भए

काठमाडौं – नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस  बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगी उद्दार कार्य जारी गरेको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन बाट बाट ४५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।

पहिरोले बगाएका दुवै बसमा थिए ६५ जना यात्रु

बस पहिरोले बगाएपछि तीन यात्रुले हामफालेर जोगाए ज्यान

नारायणगढ-मुग्लिन सडकमा पहिरोसँगै खसेको ढुंगाले लागेर बस चालकको मृत्यु

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार २८, २०८१ 0९:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट