October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

एसी बस मार्तडी देखि काठमाडौं संचालन: पुर्व मन्त्री थापाद्वारा उद्घाटन

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ १०, २०८१ १६:४0
एसी बस मार्तडी देखि काठमाडौं संचालन: पुर्व मन्त्री थापाद्वारा उद्घाटन

बाजुरा- बाजुराको सदरमुकाम मार्तडी देखि काठमाडौंसम्म सोफा सहितको एसी बस नियमित सञ्चालन हुने गरि बस सेवा सुरू भएको छ ।

बाजुराको सदरमुकाम मार्तडी देखि काठमाडौंसम्म सोफा सहित एसी सञ्चालन हुने बसको नेकापा एमाले स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री कर्ण बहादुर थापाद्वारा उद्घाटन गरेका छन्। यात्रुहरुको माग र सुरक्षित यात्राको ग्यारेन्टी गर्न अत्याधुनिक सुविधा जडान गरिएको एसी बस सेवा सञ्चालन गरिएको बाजुरा काउन्टर इन्चार्ज प्रकाश रावलले बताएका छन् ।

सुदूरपश्चिम बस व्यवसायी समितिले बाजुरादेखि काठमाडौंसम्मको यात्राका लागि सुविधा सम्पन्न एसी बस सञ्चालनमा ल्याएको हो । धनगढी र बझाङपछि बाजुरामा सुविधा सम्पन्न एसी सोफा बस सञ्चालन गरिएको समितिका अध्यक्ष देवीलाल सापकोटाले जानकारी दिएका छन्। बससेवा सञ्चालनको औपचारिक सुुभारम्भ पूर्व मन्त्री नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले गरेका हुन् । बाजुराबाट दैनिक विहान ७ बजे छुट्ने गरि बस सेवा सञ्चालन हुन्छन् । त्यसका लागि ६ वटा एसी सोफा बस सञ्चालन गरिएको छ ।

करोड बढी मूल्यमा खरिद गरिएका बसहरु सुदुरको पहाडमा बझागङपछि बाजुराबाट मात्रै सञ्चालन गरिएको हो । दुर्गम जिल्लामा पुराना र सुविधा नभएका बसहरु मात्रै सञ्चालनको आरोप खेपेका बस व्यवसायीले सुदूरपश्चिम बस व्यवसायी समितिका तर्फबाट एसी सोफा बस सञ्चालन गरिएको हो। बाजुराको मार्तडीमा पहिलो पटक २०७२ सालमा बस सेवा सञ्चालन गरिएको हो । साँफे मार्तडी सडक शिलान्यासकोदुई दशक पछि मात्रै बस मार्तडी पुगेका हुन् । बाजुराबाट हाल कर्णाली, सुप, पवनदुत, भेरी, मालिका, जयमालिका, खप्तड मालिका यातायात प्रालिका बसहरु सञ्चालन भइरहेका छन् ।

यस अघि मार्तडीदेखि काठमाडौंसम्म बैद्यनाथ डिलक्स नामको सुपकै बसले सेवा दिने गरेको थियो । एसी बस सञ्चालन पछि डिलक्स बस सेवा बन्द गरिएको छ । ३८ सिटको अनुमति सहीत, आरामदायी यात्रा, खानेपानीको व्यवस्था र सोफा सहीतको सहजता एसी बसका प्रमुख बिशेषता रहेको बस व्यवसायी रामचन्द्र गिरीले बताएका छन् ।

३ हजार ८ सय रुपैया भाडा तिर्दै आएका यात्रुहरुले अबदेखि एसी बसको ४ हजार २ सय रुपैया तिर्नु पर्ने छ । खानापनि यात्रुहरुले भनेकै स्थानमा खुवाउने र यात्रुहरुको सुविधामा कुनै कमि हुन नदिने समितिले बताएका छन् । सुदूरपश्चिम बस व्यवसायी समितिका अध्यक्ष देवीलाल सापकोटा, कोषाध्यक्ष गोविन्द्र शाह सहितको टिम बाजुरा आइपुगेको थियो। समन्वय समिति प्रमुख तुलसीराम रोकाया, एमाले अध्यक्ष लालबहादुर ओली सहीत सहभागि थिए । कार्यक्रमको सञ्चालन भीम कुँवरले गरेका छन् ।

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ १०, २०८१ १६:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट