October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामीकार्तिकमा कृषि हाटबजार उद्घाटन, उत्कृष्टलाई प्रोत्साहन गरिने

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ १०, २०८१ १५:२७
स्वामीकार्तिकमा कृषि हाटबजार उद्घाटन, उत्कृष्टलाई प्रोत्साहन गरिने

शारदा शाही/बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा कृषि हाटबजार उद्घाटन र उत्कृष्ट कृषकलाई प्रोत्साहन गरिने भएको छ।

स्वामीकार्तिक खापर गाउँपालिका कृषि विकास शाखा समन्वय र लिवर्ड अन्तरगत RERAS परियोजनाको आर्थिक सहयोगमा गाउँपालिका द्रारा संचालित वडा नम्बर ४ ढुङ्गेबजारमा कृषि हाटबजार तथा संकलन केन्द्र उद्घाटन हुने भएकाे छ। कृषकहरुले आफू सँग भएका कृषि उत्पादन बीउ , बेर्ना , फलफूल, तरकारी, दाल , घिउ, मह, स्थानीय रैथाने बाली, लिउ, राडी, पाखी, आदि चीजहरु ल्याएर आउनु समेत भनेर जानकारी गरिएको कृषि बिकास शाखा प्रमुख विनोद शाहीले बताएका छन।

कृषक ल्याएका स्थानीय उत्पादन गरेको चिजहरु देखाए अनुसार त्यसको मुल्यांकन गरि त्यसमा उत्कृष्ट आउने कृषकहरुलाई प्रोत्साहन स्वरूप पुरस्कारको पनि व्यवस्था समेत गरिएको छ। जेष्ठ ११ गते बिहान ८ देखि बेलुका ४ बजे सम्म स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ ढुङ्गे बजारमा कृषि हाटबजार उद्घाटन र उत्कृष्ट कृषकलाई प्रोत्साहन गरिने भएको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ १०, २०८१ १५:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट