June 11, 2026 | बिहिबार, जेष्ठ २८, २०८३

स्वामीकार्तिकमा कृषि हाटबजार उद्घाटन, उत्कृष्टलाई प्रोत्साहन गरिने

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ १०, २०८१ १५:२७

शारदा शाही/बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा कृषि हाटबजार उद्घाटन र उत्कृष्ट कृषकलाई प्रोत्साहन गरिने भएको छ।

स्वामीकार्तिक खापर गाउँपालिका कृषि विकास शाखा समन्वय र लिवर्ड अन्तरगत RERAS परियोजनाको आर्थिक सहयोगमा गाउँपालिका द्रारा संचालित वडा नम्बर ४ ढुङ्गेबजारमा कृषि हाटबजार तथा संकलन केन्द्र उद्घाटन हुने भएकाे छ। कृषकहरुले आफू सँग भएका कृषि उत्पादन बीउ , बेर्ना , फलफूल, तरकारी, दाल , घिउ, मह, स्थानीय रैथाने बाली, लिउ, राडी, पाखी, आदि चीजहरु ल्याएर आउनु समेत भनेर जानकारी गरिएको कृषि बिकास शाखा प्रमुख विनोद शाहीले बताएका छन।

कृषक ल्याएका स्थानीय उत्पादन गरेको चिजहरु देखाए अनुसार त्यसको मुल्यांकन गरि त्यसमा उत्कृष्ट आउने कृषकहरुलाई प्रोत्साहन स्वरूप पुरस्कारको पनि व्यवस्था समेत गरिएको छ। जेष्ठ ११ गते बिहान ८ देखि बेलुका ४ बजे सम्म स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ ढुङ्गे बजारमा कृषि हाटबजार उद्घाटन र उत्कृष्ट कृषकलाई प्रोत्साहन गरिने भएको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ १०, २०८१ १५:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  