October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

मार्तडीमा महिनौं पछि नुन पाउदा सेवाग्राही भिड

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ ९, २०८१ १0:0१
मार्तडीमा महिनौं पछि नुन पाउदा सेवाग्राही भिड

बाजुरा- जिल्ला सदरमुकाम मार्तडीमा रहेको नुन डिपोमा एक महिना पछाडि नुनु आएपछि सेवा ग्राहक भिड रहेकोे छ।

नुन सकिएको करिब एक महिना पछाडि नुन डिपोमा ४४ क्विण्टल नुन आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डिपो कार्यालय बाजुराका प्रमुख टेक बहादुर बोहोराले बताएका छन्। नेपाल सरकारद्वारा सहुलियत दरमा बिक्री वितरण हुँदै आएको भानु आयोडिन नुन सदरमुकाम मार्तडी करिब एक महिना पछाडि आएको हो । गोदममा यस अघि नुन सकिएका कारण नुन गोदामम ताला लगाईएको थियो। साल्ट ट्रेडिङका डिपो कार्यालय र बिक्री केन्द्रहरूमा नुन नहुदा स्थानियहरु समस्यामा परेका थिए । डिपो ,नुन बिक्री केन्द्र लगायत बजारमा समेत नुनको चरम अभाव भएको अबस्थामा करिब एक महिना पछाडि नुन आईपुग्दा स्थानिय खुसि भएका छन् ।

करिब १ महिना सम्म नुनको मार खेपिरहेका सदरमुकाम मार्तडीका स्थानियबासिहरु डिपो कार्यालयमा नुनु आउँदा खुसि भएका हुन् । साथै डिपोमा नुन आएको पहिलो दिनमै नुन किन्ने स्थानियको डिपोमा भिड लागेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र साल्ट ट्रेडिङ केन्द्रिय कार्यालय काठमाडौँमा नुन मागको लागी पठाईएको पत्र बमोजिम जिल्लामा नुन आएको प्रमुख बोहोराले बताएका छन ।

ठेकेदारले लापरबाही नगरिदिएको भए चाडै ननु आउने थियो तर ठेकेदारको लापरवाहीका कारण नुन ढुवानीमा ढिलाइ बताएको छ ।बुधबार मार्तडी बाजुरामा रहेको अस्थायी डिपोमा करिब ४४ क्विण्टल नुन आएको हो । नुनको चरम अभाव भएको बेला मार्तडीमा रहेको नुन डिपोमा करिब एक महिना पछाडी बुधबार मात्रै नुन आएको हो।

सदरमुकाम रहेको नुन डिपोमा नुन आएको थाहा पाउने बितिक्कै स्थानियहरु नुन किन्नको लागि नुन डिपोमा पुगेका हुन्। बजारमा समेत नुन नहुदा गाउँघरतिर मानिस लगयात गाईबस्तुहरुलाई खुवाउन समेत समस्या भएको थियो । बजारतिर कहि कतै नुन भेटिए पनि बिक्री बितरण भने थिएन् बिक्री गरेको खण्डमा पनि एक प्याकेट नुनको ३०र४० सम्म लिने गर्दा स्थानिय मारमा परेका थिए। लामो समयपछि डिपोमा नुन आउँदा टाढाटाढा बाट नुन किन्नेको भिड लागेको हो ।

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ ९, २०८१ १0:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट