October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

मुक्तिकोट खाद्य बिक्री केन्द्र मार्फत २ हजार बोरा चामल वितरण

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ ७, २०८१ ११:५१
मुक्तिकोट खाद्य बिक्री केन्द्र मार्फत २ हजार बोरा चामल वितरण

उमेश जङ्ग शाही/बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित मुक्तिकोट बिक्री केन्द्र मार्फत खाद्य बिक्री सुरुवात कार्यक्रम गरिएको छ।

नेपाल खाद्य व्यापार लिमिटेड द्रारा स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ मुक्तिकोट केन्द्र मार्फत खाद्य बिक्री सुरुवात कार्यक्रम गरिएको छ। वडा नम्बर १ र २ का वडाका स्थानीयहरु लाई वडा नम्बर १ मुक्तिकोट खाद्य संस्थान बाट पहिलोपटक २ हजुर बोरा चामल वितरण गरिएको छ। खाद्य संस्थान ५ हजार क्विन्टल चामल खाद्य संस्थानमा रहेकोे तिर्थ बुढाले बताएका छन।

स्वामीकार्तिक खापर गाउँपालिका जिल्लाकै दुर्गम पालिकाकै दुर्गम वडा रहेको मुक्तिकोट खाद्य बिक्री केन्द्र स्थापना गरिएको हो। दुर्गम गाउँका स्थानीय गाउँ घरबाट चामल सजिलोसँग सेवा प्राप्त गर्नेका लागि यो कार्यक्रम गरिएको छ। अहिले गाउँमा सर्वसाधारण स्थानीयहरुले खाद्य लिने पाएका छन। सबैले सजिलैसँग चामल घरको दैलोमा पाउदा त्यहाँका स्थानीय खुशी समेत भएका छन।

कार्यक्रम अध्यक्षता स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया रहनु भएको छ। सोही कार्यक्रम अतिथि वडा सदस्य कार्तिके विक, मिमपुरा भण्डारी र नौरा दमाई सहित स्थानीयहरुको उपस्थितिमा खाद्य बिक्री वितरण सुरुवात कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले जनाएका छन।

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ ७, २०८१ ११:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट