October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामीकार्तिक निर्माण योजना ७० प्रतिशत काम सम्पन्न

  • सेती कर्णाली खबर
  • आइतवार, बैशाख ३०, २०८१ १६:४९
स्वामीकार्तिक निर्माण योजना ७० प्रतिशत काम सम्पन्न

सेतीकर्णाली खबर/बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका भित्र निर्माण योजना ७० प्रतिशत काम सम्पन्न गरिएको छ।

आर्थिक वर्ष २०८०/०८१ का गाउँपालिका विनियोजन गरेका निर्माण योजनाहरु बैशाख मसान्तसम्म करिव अहिलेसम्म ७० प्रतिशत काम सकियोको छ। पालिका स्तरीय योजनमा पुर्वाधार बिकासमा पर्ने बिधालय, खानेपानी, सडक, सिचाइ नहर, मन्दिर, सार्बजनिक ठाउँ पाटी पौवा लगायत विभिन्न ठाउँमा आवश्यक अनुसार वडा भित्रका ५ वटै वडामा जनता माग अनुसार रकम विनियोजन गरिएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले जनाएका छन।

पालिका अन्तर्गतका बिकास योजना गुणस्तरीय बनाउन पालिका कर्मचारी तथा जनप्रतिनिधिहरु स्थलगत रूपमा अध्यन गरेर मात्र भुक्तान दिने काम गरिएको छ। त्यति मात्र नभएर आवस्यकता अनुसार भवन मात्र निर्माणकार्य नहेरी जनताले प्रत्येक्ष लाभान्वित कति हुने त्यसमा महत्त्वपूर्ण काम ख्याल गरेर हेरफेर गर्ने निरन्तर दिएको छ। दुर्गम पालिका भएको कारणले अलि बिकास तलमाथि हुन आएको छ। पछिल्लो समयमा बिकासको फट्को मारेको छ।

अहिलेसम्मकै जति निर्माण भनेका निर्माण संरचनाहरु छन। सरकारी मापदण्ड अनुसार सबै बनाएको छ। त्यसमा ढुक्क भएर काम भएको हुँदा संतोषजनक भएको छु। सबै वडा टोलमा त्यहाँका समस्या बुझेर आफ्नो पहिलो प्राथमिकता आधारमा योजना दिइरहेका छौँ। आफ्नो जति जनता संग गरेका बाचा सबै गर्न नसके पनी लगभग बिकासका काम भएको महसुस गरेको छु। अरु काममा पनि सक्दो सहयोग गर्ने प्रयास रहेकोे अध्यक्ष रोकायाले जनाएका छन।

गाउँपालिका योजनाहरु अहिलेसम्म ७० प्रतिशत जति निर्माण गर्ने काममा सफल भएका छौँ। पहिलो वर्ष भन्दा यो वर्ष राम्रो संगै गुणस्तर निर्माण योजना काम भैरहेका छन। जसले गर्दा अहिले योजना काम चाप धेरै घटेको देखिन्छ। त्यसका कारणले विभिन्न बिकासकाहरु स्थलगत योजनाको अनुगमन कार्य पनि त्यतिकै प्राथमिकता दिएको छ। हाम्रो र राम्रो गुणस्तर योजनाका कामहरू बनाउनका लागि आफू लागिपरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर रोकायाले बताएका छन।

अहिलेसम्म निर्माण योजनाका जतिसक्दो छिटो निर्माण गर्न उपभोक्त समितिलाई भनिएको छ। निर्माणकार्य भैरहेको कामहरू जेष्ठ मसान्तसम्म सम्पन्न गरि भुक्तानी गर्न निर्माण उपभोक्त समितिहरु लाई समेत आग्रह गरेका छौँ। बिकास काम मात्र नभई अन्य कार्यालय बाट गर्नसक्ने काम पनि तिव्र रूपमा अगाडि बढाएको छ। योजना प्राबिधिक मापदण्डअनुसार भौतिक पुर्वाधार बिकास मध्यनजर राखेर काम निरन्तरता दिइरहेको अधिकृत रोकायाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • आइतवार, बैशाख ३०, २०८१ १६:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?