October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कर्णाली पुलमा एकतर्फी सवारीसाधन सञ्चालन

  • सेती कर्णाली खबर
  • सोमवार, चैत्र ५, २०८० 0४:५९
कर्णाली पुलमा एकतर्फी सवारीसाधन सञ्चालन

धनगढी-  गुडिरहेको ट्रकमा आगलागी हुँदा क्षति भएको चिसापानीस्थित कर्णाली पुलमा सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

कर्णाली पुलमा सोमबार बिहानदेखि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले जानकारी दिए ।

गत २८ गते विरगञ्जबाट लाइटर बोकेर महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकमाथि एक्कासी आगलागी भएको थियो । ट्रकको आगो पुलमा समेत सल्किएपछि सामान्य क्षति भएको थियो ।

सडक विभाग र पुल महाशाखाको टोलीले संयुक्त रूपमा पुलको निरीक्षण गर्दै मर्मतसम्भार गरेको थियो ।

  • सेती कर्णाली खबर
  • सोमवार, चैत्र ५, २०८० 0४:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट