October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउँपालिका कार्यालयमा ई-हाजिर सुरु

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र १, २०८० 0९:२१
हिमाली गाउँपालिका कार्यालयमा ई-हाजिर सुरु

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका कार्यालयमा ई-हाजिर सुरु गरिएको छ।

हिमाली गाउँपालिका कार्यालय नयाँ प्रविधि द्रारा हाजिर गर्नका लागि ई-हाजिर जडान कार्य संगै सुरु गरिएको छ। विगत लामो समयदेखि रजिस्टारमा हाजिर गर्ने हुँदा कार्यालय कर्मचारी निगरानी गर्नेका लागि ई-हाजिर चैतमा १ गते बिहीबारदेखि सञ्चालन भएको छ। कार्यालय प्रशासनिक व्यवस्थापनका अब सबै पालिका भित्रका कर्मचारीहरुले कार्यालयमा आउँदा र कार्यालय समय बिदा भएर बाहिर जादा ई-हाजिर गरेर जानुपर्ने भएको छ।

ई-हाजिर मार्फत हाजिर गर्ने हुँदा नयाँ सिस्टम जडान गरि सञ्चालन ल्याइएको सुरुवात चरणमा पहिलो महिना रहेकोे छ। कर्मचारीले जुन पुरानो रजिस्टार गर्ने लगाउन हाजिर अहिले नयाँ प्रविधि बाट सञ्चालन ल्याएको छ। जुन खालको उपस्थिति ई-हाजिरमा विवरण अनुसार मासिक तलब भुक्तानी गरिने भएको छ। यदि हाजिर नभएको देखाए अनुसार तलब समेत घटाएर भुक्तानी प्रक्रिया अगाडि बढाइने कार्यालय जनाएको छ।

धेरै सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयमा ई-हाजिर सुरु गरेपनि दुर्गम गाउँपालिका भएको हुँदा झण्डै केही वर्ष नयाँ प्रविधि मार्फत ई-हाजिर सुरु गरेको छ। पालिकामा सि.सि. क्यामरा निगरानीमा कर्मचारी उत्तिकै प्रभावकारी भएपनि थप गाउँपालिकामा यहाँका सर्वसाधारण जनताले पाउने सेवा गुणस्तर प्रदान गर्नका निम्ति नयाँ प्रविधि हाजिर सुरु गरेका छौं। यससंगै पालिका सफल पार्ने कर्मचारी उत्तिकै अहम् भुमिका रहेको हुँदा हामीले ई-हाजिर चैत महिनाको १ गतेबाट सुरु गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन।

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र १, २०८० 0९:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट