October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कर्णाली पुलमा आगलागी

  • सेती कर्णाली खबर
  • सोमवार, फाल्गुन २८, २०८० १२:0४
कर्णाली पुलमा आगलागी

पूर्व पश्चिम राजमार्ग अन्तरगत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा भीषण आगलागी भएको छ। पुलमा गुडिरहेको ट्रकमा भएको आगलागीबाट पुलको लठ्ठामा सल्केको हो।

सोमबार साढे ४ बजेतिर लाइटर बोकेको गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको प्रहरीले बताएको छ ।

ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ। अहिले ठूलो संख्यामा प्रहरी र स्थानीय आगलागी भएको क्षेत्रमा जम्मा भएका छन् । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

  • सेती कर्णाली खबर
  • सोमवार, फाल्गुन २८, २०८० १२:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट