October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

वडा स्तरीय बिधालय स्वास्थ्य तथा पोषण अभिमुखिकरण कार्यक्रम

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन ९, २०८० 0६:0७
वडा स्तरीय बिधालय स्वास्थ्य तथा पोषण अभिमुखिकरण कार्यक्रम

उमेश रोकाया,बाजुरा- बिधालय स्वास्थ्य तथा पोषण वडा स्तरीय अभिमुखिकरण कार्यक्रम गरेका छन।

हिमाली गाउँपालिका वडा नम्बर ६ को धीम गाउँ स्थित रहेकोे बडिमालिका माध्यमिक बिधालयमा बिधालय स्वास्थ्य तथा पोषण वडा स्तरीय अभिमुखिकरण कार्यक्रम गरेको छ। विश्व खाद्य कार्यक्रम सहकार्य, एकीकृत विकास समाज नेपाल सहजीकरणमा वडा कार्यालयको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको छ।

कार्यक्रम मुख्य उद्देश्य भन्नाले बिधालय शारीरिक स्वास्थ परिक्षण तथा जुका संक्रमण नियन्त्रणका लागि बिधालय अर्धवार्षिक रूपमा जुकाको औषधी वितरण कार्य निरन्तर भएको वा नभएको भन्ने विषय छलफल गरिएको हो। त्यसैगरी बिधालय दिवा खाजा प्रवर्द्धन स्वास्थ पोषण तथा सरसफाइ सम्बन्धि चेतना संगै सामाजिक व्यवहार परिवर्तन कस्तो गरेका छन। यसलाई मध्यनजर राखेर वडा स्तरीय बिधालय स्वास्थ्य तथा पोषण कार्यक्रम गरिएको आइ.डि.एस. नेपाल हिमाली गाउँपालिका सुपरभाइजर भिम प्रसाद पाण्डेले बताएका छन।

बिधालय माथी उठाउन आफू जनप्रतिनिधि भएको वडा अध्यक्ष प्रेमलाल भण्डारीले बताएका छन। हामी सबैको मनसाय भयो भने बिधालय तथा स्वास्थ काममा परिवर्तन गर्न सकिने छ। गाउँ, टोल र वडाका बिधालय समस्या गाउँपालिकामा राख्ने गरेको छु। पालिका बाट गर्ने कुरा सबै विकासका काम अहिले सम्म राम्रो गरेको देखिन्छ। बिधालय नितिगत तरिकाले लागियो र हामी जनप्रतिनिधि बिधालय कर्मचारी लाग्ने सकियो केहि फेरबदल समेत गर्न सकिने वडा अध्यक्ष भण्डारीले बताए।

सोही कार्यक्रम हिमाली गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमलाल भण्डारी अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको हो। अतिथिमा आइ.डि.एस. नेपाल हिमाली गाउँपालिका सुपरभाइजर भिम प्रसाद पाण्डे वडा भित्र रहेका ५ वटा बिधालयका बिधालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र कार्यक्रम फोर्कल प्रसन वडाका जनप्रतिनिधि, कर्मचारीको उपस्थितिमा बिधालय स्वास्थ्य तथा पोषण अभिमुखिकरण कार्यक्रम गरिएको छ। उक्त कार्यक्रम सहजीकरण आइ.डि.एस. नेपाल हिमाली गाउँपालिका सुपरभाइजर भिम प्रसाद पाण्डेले गर्नु भएको वडा कार्यालय जनाएको छ।

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन ९, २०८० 0६:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट