October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

खेलकुद क्षेत्रले विकासले देशको पहिचान बढ्यो : सहमहामन्त्री पाण्डे 

  • सेती कर्णाली खबर
  • सोमवार, माघ १५, २०८० १५:४0
खेलकुद क्षेत्रले विकासले देशको पहिचान बढ्यो : सहमहामन्त्री पाण्डे 

बाजुरा- नेपाली काँग्रेसका सहमहामन्त्री तथा प्रतिनिधी सभाका सदस्य बद्रीप्रसाद पाण्डेले क्षेत्र क्षेत्रको विकासले देशको पहिचान बढ्दै गएको बताएका छन् ।

सोमबार जिल्ला खेलकुद विकास समिति बाजुराले आयोजना गरेको १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटनमा सहमहामन्त्री पाण्डेले पछिल्लो समयमा क्षेत्रमा फड्को मार्दै गएको प्रति खुसी व्यक्त गरेका छन् । खेलकुदका माध्यमबाट पहिचान बढाउदै खेलको प्रवद्र्धन र लगानी गर्न तीनै तहका सरकराले ध्यान दिनुपर्नेमा जोड पाण्डेको रहेको छ ।

विश्वका विभिन्न आर्थिक तथा भौगालिक रुपले गरिब देशहरुले पनि खेल क्षेत्रमार्फत आफुलाई विश्वभर चिनाईरहेको उदाहरण दिँदै नेपाली काँग्रेसका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य पाण्डेले नेपाललाई पनि खेलक्षेत्र मार्फत विश्वभर चिनाउने सम्भावना रहेको बताए ।

विकास भनेको भौगोलिक विकास मात्र नभएकाले देशलाई आर्थिक र सामाजिक रुपमा समृद्ध बनाउनका लागि सबैक्षेत्रको विकास हुनुपर्ने बताउदै उनले बाजुरा खेल, निजामती प्रशासन, संस्कृति लगायत हरेका क्षेत्रमा अग्रसर हुनुपर्ने उनको धारणा छ।  उनले जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर एकदमै नाजुक अवस्थामा रहेको त्यसलाई सुधार्नका लागि र खेल क्षेत्रको विकासका लागि आफु संधै लागिपर्ने पाण्डेले बताए ।

  • सेती कर्णाली खबर
  • सोमवार, माघ १५, २०८० १५:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट