October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बडिमालिका माविका १ सय जना विद्यार्थीलाई सरसफाईका सामाग्री वितरण

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ १२, २०८० 0८:0५
बडिमालिका माविका १ सय जना विद्यार्थीलाई सरसफाईका सामाग्री वितरण

उमेश रोकाया,बाजुरा- बडिमालिका माध्यमिक बिधालयका १ सय जना विद्यार्थीहरुलाई सरसफाइका सामाग्री वितरण गरिएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँमा रहेकोे बडिमालिका माद्यामिक बिधालयका छात्र र छात्रा गरि १ सय जना विद्यार्थीहरुलाई सरसफाइका सामाग्री वितरण गरिएको बिधालयले जनाएको छ। एक अनौपचारिक कार्यक्रम बीच आइ.एन.एफ. संस्थाको सहयोग र बिधालयको समन्वयमा बिधालयका बालबालिकाहरु सरसफाइ सम्बन्धि विशेष खालका सामान दिएको बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले जानकारी दिनुभएको छ।

१ सय जना बिधालयका विद्यार्थी भाइबहिनीहरु प्रत्येक जनालाई १ वटा कपडा धुने साबुन, १ वटा नङ्गकाटो र १ वटा बुरुस बिधालयका बालबालिकाहरुलाई सामान वितरण गरिएको छ। बिधालयमा अपाङ्गता सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ। अपांग सम्बन्धि हक अधिकार, परिचयपत्र र उनले पाउने सेवा सुबिधा संगै सभ्य भाषा बोल्ने बारेमा विशेषगरी अभिमुखिकरण कार्यक्रम गरिएको छ। साथै बिधालयका बिद्यार्थीहरुलाई सरसफाइ सम्बन्धि सामाग्री दिएको छ।

उक्त सरसफाइ सामाग्री वितरण कार्यक्रम बिधालय प्रधानाध्यापक यादव कुमार पौडेल बिधालय, आइ.एन.एफ. संस्था टोलि लिडर गणेश दत्त खटिक व्यवस्थापन समिति अध्यक्ष तिलक रोकाया सहित बिधालय विद्यार्थीहरुको बाक्लो सहभागिता सरसफाइ सामाग्री १ सय जना विद्यार्थीलाई सामान हस्तान्तरण गरिएको बिधालय व्यवस्थापन समिति अध्यक्ष रोकायाले जानकारी दिनुभएको छ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ १२, २०८० 0८:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट