October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

  • सेती कर्णाली खबर
  • बुधबार, पुस २५, २०८० 0८:0२
बाजुरामा गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

बाजुरा । जिल्ला अस्पताल बाजुराबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ। जिल्ला अस्पताल बाजुरामा भर्ना भएकी बडिमालिका नगरपालिका–६ कोर्धकी ३० वर्षीया सिमा बडुवाललाई नेपाली सेनाको हेलिकप्टरको सहयोगले उद्धार गरिएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी निर्पराज गिरीले बताउनु भयो।

गर्भवती महिलाको गर्भमै शिशु विच भागमा अड्कीयर जिल्लामा सुत्केरी गराउन सम्भव नभएका कारण रिफर गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आज थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत रिफर गरिएको उहाँले जानकारी दिनुभयो ।

उनले दिएको जानकारी अनुसार गर्भवती महिलाले बच्चा पाउने समय भन्दा बढी भएको र बच्चाको टाउको पाठेघरमा अड्किएपछि महिलाको ज्यान जोखिममा भएकाले रिफर गरिएको हो । अस्पतालले अवस्था जटिल भएपछि जिल्ला प्रशासन कार्यालय बाजुरालाई हेलिकप्टरमा उद्धारका लागि आग्रह गरेकाले प्रशासनले गृह मन्त्रालयलाई पत्राचारपछि नेपाली सेनाको एन ए ९ को हेलिकप्टरमा उद्धार गरिएको निमित्त प्र्मुख जिल्ला अधिकारी राम कुमार तिमल्सिनाले बताउनु भयो ।

उनले गर्भवती महिलाको अवस्था जटिल भएको र जिल्ला बाहिर सुत्केरी गराउन लैजानुपर्ने जानकारी गराएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत सेनाको हेलिकप्टरमा उद्धार गरिएको बताएका छन्। दुर्गम तथा विकट जिल्लाका गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

जटिल गर्भवती तथा सुत्केरी महिलालाई हेलिकप्टरबाट राष्ट्रपति उद्धार कार्यक्रम अन्तर्गत निःशुल्क हवाई उद्धार गर्ने गरेको छ ।चार महिना पहिले हिमाली गाउँपालिका १ विच्छ्याँकी २३ वर्षीया कल्पना रोकायाले बच्चा पाएर साल नआएपछि सेनाको हेलिप्टरमा उद्धार गरिएको थियो ।

  • सेती कर्णाली खबर
  • बुधबार, पुस २५, २०८० 0८:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट