October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

दुई महिनादेखि सडक अवरुद्ध हुँदा स्थानीयलाई कष्ट

  • सेती कर्णाली खबर
  • आइतवार, कार्तिक १२, २०८० १६:२४
दुई महिनादेखि सडक अवरुद्ध हुँदा स्थानीयलाई कष्ट

उमेश रोकाया/बाजुरा- दुई महिना देखि ग्रामीण सडक अवरुद्ध स्थानीयलाई सास्ती खेप्न पर्ने बाध्यता रहेकोे छ।

गएको साउन महिनाको २५ गते आएको अविरल बर्षाले गर्दा हिमाली गाउँपालिका वडा नम्बर ६ पर्ने ग्रामीण सडक अन्तर्गत पर्ने नाउली खोला देखि बुन्ना सम्म बीच बीचमा सडक भत्किएपछि स्थानीयलाई आवतजावत गर्न समस्या भएको स्थानीय चीन बहादुर रावलले बताउनुभयो। अहिलेसम्म सडक मर्मत नहुदा पाँडी गाउँ बस्तीमा रहेका स्थानीय बासीलाई ठुलो समस्या भोग्नुपरेको अवस्था रहेको छ।

सडक ठाउँ ठाउँमा पहिरो तथा जमिन भासिएका कारणले अहिलेसम्म सडक बन्द रहेको छ। यदि सडक संचालन भयो भने गाउँका अधिकास मान्छेलाई आउन जान मात्र नभएर सामना ओसारपसार सहजीकरण हुने समेत स्थानीयले बताएका छन। सडक मर्मत छिटोछरितो काम गरिदियो भने विभिन्न काम सहज गर्न सकिन्छ। गाउँ बाट ३० मिनेट हिड्ने हो भने गाडी चड्न सकिन्थ्यो। पुरानो काटेको सडक र नयाँ खन्नेको सडक भत्किएको संगै भासिएका कारणले अहिले सडक सञ्चालन ठप्प अवस्था रहेकोे हिमाली गाउँपालिका वडा नम्बर ६ का स्थानीय रत्न थापाले बताएका छन।

सडक बन्द हुँदा सामना पिठ्युँमा बोकेर ओसारपसार गर्नुपर्ने बाध्यता रहेकोे छ। गाउँ बाट बाहिर जानको लागि घर भन्दा केहि मिनेट हिडेर माथी बाट गाडी चड्ने पाउदा स्थानीयलाई सहज भएको थियो। गाउँ पुग्न लागेको सडक बिग्रेको कारणले आजभोलि हिडेर आवतजावत गर्न गरेका छ्न। साउन महिना देखि अविरल वर्षाले गर्दा सडक भत्किएका कारण समस्या भएको स्थानीयले बताएका छन।

पहिलो सडक संजाल गाउँ नजिकै जोडिएको संगै गाडी मोटर चल्ने गरेका थिए। अहिले ठाउँ ठाउँमा सडक भासिएका कारणले गाडी मोटर चल्न बन्द रहेका छन। विगत लामो समयदेखि सडक विभिन्न ठाउँमा रुख ढलेका छन। भने काहिँ माथी बाट पहिरो आएको छ। काहिँ सडक जमिन भाग भासिएका छन। अहिलेसम्म कुनै पनि समाधान उपाय नभएको स्थानीय विर्ख रोकायाले बताएका छन।

  • सेती कर्णाली खबर
  • आइतवार, कार्तिक १२, २०८० १६:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट